मोरङ।

मोरङको रंगेली नगरपालिका–७ स्थितमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
माउन्टेन मकालु बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडिसोहि स्कुलका बिद्यार्थी रंगेली ७ का महादेव मण्डलको चार बर्षीय छोरा रितिक मण्डल र रंगेली ६ का नरेश मण्डलकी ५ बर्षीया छोरी सुनम कुमारी मण्डललाई ठक्कर दिँदा घाईते भएका थिए ।
बसको ठक्करबाट घाईते भएका दुबै जनाको तत्काल उपचारको लागि टाईम्स अस्पताल रंगेली लगिएकोमा रितिकको अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको थियो भने सुनमको बिराटनगर स्थित न्युरो अस्पतालमा थप उपचार भईरहेको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






























