मोरङ।

मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित सडक खण्डमा बसबाट लड्दा एक जना बृद्धको मृत्यु भएको छ ।
कानेपोखरीबाट रंगेली तर्फ आउदै गरेको को १ख ४१८८ नम्वरको बसमा सवार रहेका कानेपोखरी–२ मोरङका ७३ बर्षीय बलभद्र पराजुली बसबाट ओर्लने क्रममा लडेर घाईते भएका थिए ।
घाईते पराजुलीको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त बस र चालक रतुवाईमाई नगरपालिका–२ का बावुराम टुडुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताइएको छ ।































