पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको कमजोरी लुकाउन शोकमै हतार हतार मन्त्रिपरिषद् विस्तार, चिनियाँहरुको यस्तो खेल

३ माघ २०७९, मंगलवार मा प्रकाशित

काठमाडौं ।

पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाको कारण खुलिसकेको छैन । प्रारम्भिक कारणमा पोखरामा हालै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थल दुर्घटनाको कारण रहेको देखिएको छ । विमानस्थलको उद्घाटन अन्तर्राष्ट्रिय उडानबिना नै भएकाले प्रश्न उठेको छ ।

अन्तर्राष्ट्रिय मान्यता पाउनेमा नै शंका उब्जिएको छ । अन्तर्राष्ट्रिय मान्यता नपाएपछि आन्तरिक उडानमै सीमित गरिएको छ । पुरानै विमानस्थलबाट आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रिय भनेर हतार हतार सञ्चालनमा ल्याइएको विमानस्थलमा आन्तरिक उडान सिफ्ट गरिएको छ । विमानस्थलको सुरक्षाप्रति पनि प्रश्न कायमै छ ।

यही बेला आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटनामा मानवीय क्षति पनि धेरै भएकाले मुलुक नै शोकमा छ । पोखरा दुर्घटनाले विमानस्थलको कमजोरीको रहस्य खुल्न सक्ने भए पछि चिनियाँ राजदूतले यो मुद्दालाई डाइभर्ट गर्न रणनीतिक रुपमा हतार हतार मन्त्रिमण्डल विस्तार गर्न लगाएका छन् ।

सोमबार विहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर चिनियाँ राजदूत चेन सोङले मन्त्रिपरिषद् विस्तार गर्न दबाब दिएका थिए । त्यसलगत्तै प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेका थिए । बालकोटमा पाँच घण्टा छलफल गरेर मन्त्रिमण्डलको भागवण्डा टुंग्याएका थिए । देशलाई शोकमा राखेर सत्ता गठबन्धनका नेताहरु दिनभर बसेर हतार हतार मन्त्रिमण्डल गरेका हुन् ।

Chinese amb prachanda.jpg

सोमवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसॅग भेट गर्दै चिनिॅया राजदुत चेन सोङ

चीनको ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा तयार नहुँदै प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै चिनियाँ जोडबलमा हतार हतार उद्घाटन गरिएको थियो । विमानस्थलको सुरक्षा संयन्त्रबारे उद्घाटनकै बेला प्रश्न उठेको थियो ।

विमानस्थल उद्घाटनको दिन डेमो फ्लाइट गरेका यति एयरका वरिष्ठ पाइलट कमल केसीले पनि एयरपोर्टको मापदण्डमाथि प्रश्न उठाएका थिए । पुस ७ गते डेमो फ्लाइटपछि सञ्चारकर्मीसँग कुरा गर्दै पाइलट केसीले रनवेदेखि भौगलिक कठिनाइसम्म प्रश्न उठाएका थिए । ‘अन्तर्राष्ट्रिय विमानस्थलमा त्यति डाँडाकाँडा हुँदैन । पोखरा वरपर डाँडाकाँडा छ । अरू एअरपोर्ट हेर्दा यहाँ अलिकति गाह्रो छ,’ उनले भनेका थिए, ‘रनवेको लम्बाइ यहाँको छोटो छ । यहाँको ८ हजार जति फिट छ । बाहिर १० हजार जति हुन्छ । वरपरको डाँडाले गर्दा डिस्टर्ब छ । अलिकति गाह्रो छ ।’ एयरपोर्टमाथि प्रश्न उठाएका पाइलट केसीले आइतबार बिहान दुर्घटनामा परेर ज्यान गुमाए ।

पोखराको रिठ्ठे डाँडा काट्नुपर्ने बाँकी हुँदै हतार हतार अन्तर्राष्ट्रिय एयरपोर्ट चलाउँदा आलोचना भइरहेकै बेला जहाज दुर्घटना हुँदा विमानस्थलमाथि देशभित्र आम जनता र अन्तर्राष्ट्रिय रुपमा प्रश्न उठिरहेका बेला चिनियाँ दबाबमा हतारोका बीच मन्त्रिमण्डल विस्तार गरेर ध्यान मोडिएको विज्ञहरु बताउँछन् ।

त्यसमा पनि चीनले पोखरा एयरपोर्टलाई बीरआरआई अन्तर्गतकै परियोजना भनेर दाबी गरेकाले आशंका बढेको छ । चिनियाँ एक्जिम बैंकको महंगो ब्याजदरमा बनेको एयरपोर्ट बीआरआई अन्तर्गतकै परियोजनामा रुपान्तरण भए भोलिका दिनमा नेपाल श्रीलंका र पाकिस्तानको बाटोमा अग्रसर हुने चिन्ता विज्ञहरुले गरेका छन् ।

दुर्घटनाबाट बच्यो अर्को जहाज

आइतबार यतिको जहाज भयानक दुर्घटनापछि अर्को जहाज पनि दुर्घटनानजिक पुगेको खुलेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग जहाज ठोक्किएको थियो । तर, पाइलटले सकुशल अवतरण गराएका थिए । धावनमार्गमा मरेको चरालाई कुचोले बढारेर सफा गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here