किरण भुजेलको नयाँ गीत ‘फूल देखेँ ’सार्वजनिक

0
327

काठमाडौं ।

गायक किरण भुजेल र गायिका समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘फूल देखेँ ’ सार्वजनिक भएको छ।

भिडियोसहित सार्वजनिक गीतमा प्रमिला बस्नेतको शब्द तथा अर्जुन पोखरेलको संगीत छ। प्रमिला बस्नेतको प्रस्तुति रहेको गीतको भिडियोमा प्रेमी , प्रेमिका विचको भावनात्मक प्रेमलाई समेटिएको छ ।

देवेन्द्र कुँवरको निर्देशन रहेको भिडियोमा करिष्मा ढकाल र किरण भुजेलको अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियो दिनसन शाहले सम्पादन गरेका हुन्।

केही अगाडि प्रमिला बस्नेतको शब्दमा ‘दोहोरी बस्दा’ बोलको गीत बजारमा आएको थियो। जसले राम्रो चर्चा पाएको थियो ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here