मेचीनगर ।
नेपाल स्काउट स्थानीय क्षेत्रीय अन्तर्गत रहेका नौ वटा विद्यालयका तीन सय ५० जना स्काउटर विद्यार्थीहरुको सामुहिक हाइकिङ कार्यक्रम सम्पन्न भएको छ ।
स्काफको दिक्षान्त समारोहका साथ विभिन्न कार्यक्रमसहित कालिका सिमसार क्षेत्रमा सम्पन्न भएको हो । मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्य, परिषद्का अध्यक्ष टेकेन्द्र ढकालको सभापतित्व तथा कालिका सिमसारका अध्यक्ष योगेश भट्टराईको आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा योग गुरु कुसुम दाहालले विद्यार्र्थीहरुलाई योग तथा नृत्य सिकाएको कार्यक्रममा हाइकिङ कार्यक्रम स्काउटर सुवास क्षेत्रीले सञ्चालन गरेका थिए । परिषद्का सचिव अर्जुन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरुलाई स्काफबाट दिक्षित गरिएको थियो ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।