धुलावारीमा मेची महोत्सव शुरु

७ चैत्र २०७९, मंगलवार मा प्रकाशित

सुमन बस्नेत,
धुलाबारी ।

धुलाबारीमा ‘प्रथम मेची महोत्सव’ शुरु भएको छ ।

मेची चेम्बर अफ कमर्शको आयोजनामा २७ गतेसम्म सञ्चालन हुने महोत्सवको सोमबार एक कार्यक्रमका बीच मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख बुढाथोकीले नगर क्षेत्रका उद्योग व्यवसायको प्रवद्र्धनका निमित्त महोत्सवले सहयोग पु¥याउने बिश्वास व्यक्त गरे । उद्योगी व्यवसायी कै क्षेत्रमा काम गर्ने संस्थाले महोत्सव आयोजना गरेकाले यस क्षेत्रको हितका लागि महोत्सव सहयोगी बन्नेछ– उनले भने ।

कार्यक्रममा महिला चेम्बर अफ कमर्श झापा अध्यक्ष प्रेमा भट्टराई, कोशी प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल, मेचीनगर –१० का वडाध्यक्ष नारायण खनाल लगायतले बोलेका थिए ।

आयोजक समितिका संयोजक रवीनकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव प्रकाश खड्काले गरेका थिए । कृषि, व्यापार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ शुरु भएको महोत्सवमा ४० बढी स्टल र मनोरञ्जनका लागि रोटे पिङ, ड्रागन लगायतका विभिन्न खेल सामग्री राखिएको छ ।

स्थानीय रोलिङ क्लबलाई रोलिङ च्यालेन्ज गोल्डकप आयोजना गर्न आर्थिक सहयोग पु¥याउने लगायतका उद्देश्य राखेर शुरु भएको महोत्सवको सहआयोजकमा रोलिङ क्लब रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here