फलामे डण्डीले विद्यार्थी पिटेपछि …

७ चैत्र २०७९, मंगलवार मा प्रकाशित

झापा ।

झापा कचनकवल गाउँपालिका– ६ स्थित बनियानीमा रहेको गोल्डेन फ्यूचर स्कूलका प्रिन्सिपलले विद्यार्थीहरूलाई फलामको डन्डीले पिटेका छन् । कक्षा १० मा पढ्ने तीन जना विद्यार्थीलाई प्रिन्सिपल युवराज काफ्लेले फलामको डन्डीले पिटेको बताइएको छ ।

आइतवार परीक्षा शुरु हुनुभन्दा ३० मिनेट अगाडि विद्यालय प्रार्थनामा सबै विद्यार्थीहरूको अगाडि उनले फलामको डन्डीले घाइते हुने गरी पिटेको र परीक्षा पनि दिन नदिएर विद्यालय निकाला गरेको अभिभावकहरूले बताएका छन् ।

विद्यालयबाट १० बजे बिहान निष्कासित घाइते विद्यार्थीहरू साँझ ५बजेसम्म पनि घर नपुगेपछि अभिभावकले विद्यार्थीको खोजी गरेका थिए । प्रिन्सिपल काफ्लेलाई सम्पर्क गर्दा पनि सम्पर्कमा नआउने र ‘जे गर्छौ गर तिमीहरूका छोराहरू मरेकै ठीक’ भन्ने जवाफ पाएपछि अभिभावकले इलाका प्रहरी कार्यालयमा राति ८ बजे निवेदन दिएका थिए ।

ती तीनै जना विद्यार्थीलाई ६ दिनअघि पनि प्रिन्सिपल काफ्लेले फलामले कुटेको बताइएको छ । विद्यार्थीलाई कुटपिट गरेको आरोप लागेसँग प्रधानाध्यापक काफ्लेको अभिभावकले निन्दा र भत्र्सना गरेका छन् । उनलाई कानूनी कार्वाही गर्नु पर्ने माग राख्दै अभिभावकले प्रहरी समक्ष उजुरी दिएको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here