बिर्तामोड ।

मोमो पारखीहरुका लागि झापाको बिर्तामोडमा ‘द मोमो फ्याक्टोरी’ सञ्चालनमा आएको छ ।
विभिन्न ३६ प्रकारका मोमोको स्वाद लिन सक्ने जनाइएको छ । बिर्तामोडस्थित शनिश्चरे रोडमा द मोमो फ्याक्टोरी सञ्चालनमा आएको छहो। एक कारोडभन्दा धेरै लगानीमा ‘द मोमो फ्याक्टोरी’ सञ्चालनमा ल्याइएको जनाइएको छ ।
काठमाडौंको बौद्धमा मुख्य कार्यालय रहेको ‘द मोमो फ्याक्टोरी’को बनेपामा दुई वटा, इटहरी र बिर्तामोडमा गरी पाँचवटा स्थानबाट सेवा लिन सकिने सञ्चालक मध्येका तुलसीप्रसाद उप्रेतीले जानकारी दिए ।
३६ वटा मोमोका परिकार पाइने ‘द मोमो फ्याक्टोरी’का सञ्चालक एवम् सञ्चारकर्मी टीकाराम नेती, राज फुयाल, तुलसीप्रसाद उप्रेती, मोहनकुमार श्रेष्ठलगायतको संयुक्त लगानीमा सञ्चालनमा आएको हो ।
नेपालमै पहिलो पटक ‘लाइभ किचन’ सहितको द मोमो फ्याक्टोरी सञ्चालन गरिएको सञ्चालकहरुले जनाएका छन् । ग्रहाकले आफुले कस्तो परिकार खाँदैछु ? कसरी पकाइदैछ भन्ने प्रत्यक्ष हेर्न सक्ने बताइएको छ ।
सवै होटल तथा रेष्टुरेन्टमा पाइने परिकार मोमो फ्याक्टोरीमा पाइने तर, त्यहाँ पाइने परिकार अन्य स्थानमा नपाइने सञ्चालक तथा बिर्तामोडका मुख्य सेफ मोहनकुमार श्रेष्ठले जानकारी दिए । होटलमा १८ जनालाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरिएको जनाइएको छ । मोमो फ्याक्टोरी सञ्चालनमा आएसंगै विभिन्न स्थानबाट ग्रहाकहरु आउने क्रम शुरु भएको बताइएको छ । कोदो, फापर लगायत मोमो ग्रहाकको रोजाईमा पर्ने गरेका छन् ।































