छोराले कुटपिट गर्दा बुबाको मृत्यु

२७ चैत्र २०८०, मंगलवार मा प्रकाशित

संखुवासभा ।

संखुवासभाको पाँचखपन नगरपालिका–२ गैरीगाँऊमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ ।

सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र उनकै छोरा २८ बर्षीय सुमन राई बीच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमन राईले शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भिर घाईते भएका थिए ।

घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवसभाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here