सुन्दरहरैचाका सुकुम्बासी बस्तीलाई हेर्दैन स्थानीय सरकार(फोटोसहित)

0
89

योगेन्द्र योगी,
मोरङ।

मोरङको सुन्दरहरैचा नगरपालिका १० र ११ का सुकुम्बासी बस्तीमा असारे झरीमा बास बस्नै समस्या भएको छ।

लगातारको वर्षाको कारण टाटीले बारेको र सामान्य माथिबाट टीनको छाप्रो हालेर बसेका सुकुम्बासी बस्तीका जनतालाई गाँस बाँस जुटाउनु भन्दा पनि बस्नै समस्या भएको हो। वडा नम्बर १० को ६ नम्बर बाटोमा रहेको सुकुम्बासीमा अहिले पानी पर्ने बित्तकै रातमा जाग्रिम बस्नुपर्ने अवस्था छ ।

ठूलाले त जस्तो त्यसो रात काट्लान तर ती स-साना बालबालिकाको के हालत होला। सुन्दरहरैचाका भीम अधिकारीले आफ्नो सामाजिक संजाल फेसबुकमा तस्वीरसहित लेख्दै भनेका छन् ,’यो झरिमा कुन अवस्थामा बस्दै होलान् त त्यो झुपडीमा ? अशिक्षित भएर तथा विवेक नपुर्‍याउनु पनि यो अवस्था भोग्नु हो कसैकसैले त ?’ सुकुम्बासी बस्तीमा अहिले न त स्थानीय सरकारले हेरेको छ न त प्रदेश सरकारले नै।’ सुन्दरहरैचामा अति बिपन्न सुकुम्बासी बस्ती धेरै घर छन्।

‘नगरपालिका र वडाले सुकुम्बासी बस्ती देख्दैन,अधिकारीले भने,’न वडा ले देख्छ न नगरले त्यो खाल्को सोच हुनुपर्छ अनि देखिन्छ,यो असारे झरीमा राज्यका कुनै निकायले हेर्दैन।’ उनीहरु अवस्था नाजुक छ।

विभिन्न कारण र परिस्थितिले घरबारविहीन भएका सुकुम्बासीलाई लाग्छ, सहर र सहरीयाले उनीहरुको पीडा बुझ्दैनन्। दु:ख देख्दा पनि कसैले कठै समेत भन्दैनन्। उल्टै गिज्याउँछन्, हेप्छन् । यसपटक पनि वर्षा सुरु भएसँगै सुकुम्बासीको निद्रा हराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here