बिर्तामोड ।
खुशियाली जीवन जिउने कला विषयक प्रशिक्षण आइतबार बिर्तामोडमा सम्पन्न भएको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडको आयोजनामा भएको कार्यक्रममा प्रशिक्षक प्रा.डा.इ.भि. स्वामीनाथनले प्रशिक्षण दिएका थिए । बिहानसत्र र सन्ध्याकालीन सत्र गरी दुईचरणमा प्रशिक्षण सञ्चालन गरिएको थियो ।
सन्ध्याकालीन सत्रको उद्घाटन प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका थिए । ब्रह्माकुमारी पूर्णिमाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गिरी लगायतले मन्तव्य राखेका थिए ।
प्रशिक्षक स्वामीनाथनले खुशियाली जीवन जिउनु मानव जीवनको सार्थकता भएको बताउँदै हरक्षण खुशी रहनुका लागि विभिन्न कला बारे प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा बिर्तामोडका विभिन्न संघ–संस्थामा आबद्ध तथा उद्योगी–व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन ब्रह्माकुमार विनोद अग्रवालले गरेका थिए । कार्यक्रमका सहभागीहरुले प्रशिक्षण एकदमै उपलब्धिमूलक र उत्प्रेरक भएको बताए । स्वामीनाथन माउण्ट आवु राजस्थानबाट आएका अन्तराष्ट्रिय उत्प्रेरक वक्ता तथा प्रशिक्षक हुन् ।