काठमाडौँमा एकैदिन १७ जना सडकआश्रित मानवहरुको उद्धार

0
14

काठमाडौँ ।

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आइतबार काठमाडौँमा १७ जनाको उद्धार गरिएको छ ।

राष्ट्रिय उद्धार टोली आइतबार बिहान ९ बजेदेखि दिउँसाे २ बजेसम्म काठमाडौँको वनस्थली, धुम्बाराही, चावहिल, जयबागेश्वरी, गौरीघाट, बौद्ध, बुढानिलकण्ठ लगायतका क्षेत्रमा खटिएको हो भने टोलीले राति ७ बजेदेखि १० बजेसम्म महानगरका क्षेत्रभित्रका सडकपेटी तथा सार्वजिनक स्थलमा कष्टपूर्ण जीवन बिताउन बाध्य हुनुभएका सडक मानवहरुकाे उद्धारमा रहँदै दिउँसाे ८ जना र राति ९ जना गरि १७ जना सहयाेगापेक्षी मानवहरुकाे उद्धार गरेकाे हाे ।

आइतबार काठमाडाैँबाट उद्धार हुनुभएका १४ जना पुरुष र ३ जना महिलालाई मानवसेवा आश्रम रानीवन सेवाकेन्द्रमा संरक्षणका लागि राखिएको छ । असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २८ औँ दिन काठमाडौँमा आइपुग्दा २ सय १८ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयाे ।

मेची– महाकाली उद्धार यात्राको २८ औँ दिनको अवधिमा उद्धार हुनुभएका १ सय ६९ जना पुरुष र ४९ जना महिलाको सङ्ख्या मध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् ।‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएको हो ।

उद्धार सेवाका कलाकार किरण केसीसँगै स्थानीय जनप्रतिनिधि, अभिभावक, महानगर प्रहरी लगायतका व्यक्तित्वहरुकाे समेत उपस्थिति रहेकाे थियाे । साथै मेची–महाकाली राष्ट्रिय उद्धार टोली सोमबार पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुमा रहनुभएका सडकआश्रित मानवहरुको उद्धारसेवामा रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here