झापा, । व्यवहारिक र प्रविधिमैत्री शिक्षाका लागि नयाँनयाँ कार्यक्रम सञ्चालन गर्दै आएको चिल्ड्रेन इन्भारोमेन्ट स्कूलले विद्यार्थीलाई सीप सम्वन्धी प्रशिक्षण प्रदान गरेको छ ।
कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई विभिन्न सीप सम्बन्धि प्रशिक्षण प्रदान गरिएको हो । उनीहरुलाई इजिप्टका प्रशिक्षकहरुद्वारा ब्याक्तित्व विकाससहितका प्रशिक्षण प्रदान गरियो
टू लाइट नेपालको सहकार्यमा इजिप्टको ‘बि परफेक्ट’ नामक संस्थाद्वारा फादर डेभिडको अगुवाइमा विद्यार्थीलाई प्रशिक्षण प्रदान गरिएको हो ।
ब्याक्तित्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम अन्तरगत बाढी र पहिरो जस्ता प्राकृतिक बिपत पर्दा आपतमा रहेका मानिसहरुलाई उद्दार गर्ने शैली रमाइलो खेलको माध्यमबाट इजिप्टका प्रशिक्षद्वय पाउला र फिलोपिटरले प्रशिक्षण दिएका थिए ।
त्यसरी नै डा. नेभिन, श्याम र मेरिनले दैनिक उपयोगी घरायसी सामाग्रीको प्रयोग गर्दै विभिन्न कलात्मक वस्तुहरु बनाउने सीप सिकाएका थिए भने स्यान्डीद्वारा शारीरिक ब्यायाम सम्वन्धि सीप तथा शेरी र क्लोराद्वारा मानसिक विकास सम्बन्धि तालिम प्रदान गरेका थिए ।
स्यामुयल र अमिराले नैतिक आचरण शिक्षा प्रदान गरेका थिए । त्यस्तै मीना र मरियमद्वारा विद्यार्थीलाई क्षमता अभिवृद्धि अन्तरगत जिबन उपयोगि सीप सिकाइएको थियो ।
प्रशिक्षण लिएसंगै विद्यालय बाल क्लवकी अध्यक्ष आकृति खड्काले विद्यालयमा आयोजना हुने यस खाले कार्यक्रमले विद्यार्थीहरु सवल र सक्षम हुने बताएकी छिन् । उनले बिद्यालयमा हुने नियमित पठनपाठनसगैँ साप्ताहिक रुपमा प्रशिक्षण हुने नृत्य, गायन, अभिनय, ललितकला, वाद्यवादन, स्वीमिङ, मार्शल आर्ट, मोडलिङ, उदघोषण कला र खेलकुद जस्ता अतिरिक्त क्रियाकलाप र विद्यालयले समय समयमा आयोजना गर्ने विभिन्न साहित्यिक श्रष्टा र सामाजिक ब्याक्तित्वहरुसँगको अन्तरक्रियात्मक कार्यक्रमहरुले विद्यार्थीहरुलाई विश्वमा बढ्दो प्रयोगात्मक शिक्षा प्रणालीसँग प्रतिस्पर्धा गर्न शैद्धान्तिक तथा ब्यवहारिक रुपमै सबल हुन सकिन्छ भन्ने अपेक्षा गरिएको बताइन् ।
यो विद्यालयले यस अघि कारखाना साइन्स नेपालसँंगको सहकार्यमा शैक्षिक सत्र २०८०/०८१ बाट ‘एक विद्यार्थी एक ल्याव किट’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
चिल्ड्रेन इन्भारोमेन्ट स्कूलले एशोसिएसन अफ क्रिस्चियन स्कूल इन्टरनेशनल (एसीएसआइ) को सदस्यता प्राप्त गरेको यो विद्यालयले यो प्रविधिबाट शिक्षण गराउँदा विज्ञान, गणित, इञ्जिनियरिङ तथा टेक्नोलोजी पढ्न रुचाउने विद्यार्थीका लागि यो विधि निक्कै उपयोगी हुने बताइन्छ ।
कारखाना साइन्स नेपालले तयार गरेको किटको माध्यमले पाठ्यक्रममा भएका सबै विषयवस्तुलाई विद्यार्थीले व्यवहारिक रुपमा जान्न, बुझ्न सक्ने र विज्ञानलाई किताबबाट बाहिर निकालेर अनुभव गर्न सक्ने भएकाले पनि यो विधि उपयोगी हुने बताइएको छ ।
अमेरिकाको कोलराडोमा मुख्य कार्यालय रहेको एसीएसआइमा विश्वका एक सय आठ वटा देशका २६ हजार स्कूल र ७६ वटा युनिभर्सिटी आवद्ध रहेको र तीनीहरु मध्ये नेपालको तर्फबाट पहिलोपटक बिर्तामोड–१ स्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कूलले एसीएसआइको सदस्यता प्राप्त गरेको विद्यालयका संस्थापक प्रिन्सिपल सन्तोष सुब्बाले बताएका छन् ।
एसीएसआइको सदस्यता प्राप्त गरेपछि चिल्ड्रेन इन्भारोमेन्ट स्कूलमा अध्ययन गरेका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि एसीएसआइको सदस्यता प्राप्त विश्वका एक सय आठ वटा देशका २६ हजार स्कूल र ७६ वटा युनिभर्सिटीमा भर्ना हुन सक्ने उनले जानकारी दिए ।