नमूना सामुदायिक वनको तालिम सम्पन्न

0
23

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ र ११ स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा चालु आर्थिक वर्ष ०८१÷०८२ को कटान, मुछान सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।

“रुख बिरुवा बचाऔं, हरियाली बढाऔं” भन्ने मुख्य नारासहित समूहका अध्यक्ष जागिरमान राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगर कार्यपालिका सदस्य गौरीमाया चिमरीया “अस्मिता”ले उद्घाटन गरेकी थिइन् ।

सामुदायिक वनभित्र गरिने वार्षिक क्रियाक्लाप अन्र्तगत कटान, मुछान, थिनीङ, पुनीङमा खटिने श्रमिक उपभोक्ताहरुलाई सुरक्षाका लागि अपनाइने विभिन्न विषय बारे जानकारी गराउने उद्देश्यका लागि तालिम आवश्यक भएको सहजकर्ता कनकाई सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सुरेशकुमार खनालले जानकारी दिए ।

सहजकर्ताहरु सहायक वन अधिकृतद्वय खनाल र याम राना, सशस्त्र वन रक्षक जमदार माधव अधिकारीले सहजिकरण गरेको तालिममा ५२ जनाको सहभागिता रहेको समूहका सचिव मोहनप्रसाद चौलागाईंले जानकारी दिए ।

वडा सदस्य पूर्णबहादुर राई, अस्थायी प्रहरी बिट सालबारीका प्रमुख तेजबहादुर राईलगायतको सहभागिता रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष टिकामाया मैनाली गौतमले गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन सचिव चौलागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here