भारतमा रेल दुर्घटना अपडेट : मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो

0
29

योगेन्द्र योगी
बिराटनगर,

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको जानकारी दिएको हो ।

मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राध रहेका छन् । रेल दुर्घटनामा अन्य पाँचजना भारतीयको पनि मृत्यु भएको छ ।

यस्तै दुर्घटनामा थप ४ जना नेपाली घाइते समेत भएका छन् । घाइते मध्य ३ जना स्थानीय अस्पताल गम्बिर घाइते १ जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउन तथा घाइतेहरुको शीघ्र उपचार गर्नका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालयले नया दिल्लीस्थित नेपाली दूतावास तथा काठमाडौँस्थित भारतीय दूतावास मार्फद भारत सरकारका सम्बन्धित निकायहरुसँग समन्वय एवं सहजिकरण गरिरहेको मन्त्रालयले जनाएको छ।

लखनऊ-मुम्बई पुष्पक एक्सप्रेस ट्रेनमा आगलागीको अफवाह पछि यात्रुहरू बीच त्रास फैलाएपछि मानिसहरूको मृत्यु भएको थियो। उनीहरुमध्ये धेरैले हाम फालेको र अर्को आउँदै गरेको ट्रेनले किचेर मृत्यु भएको हो।

दुर्घटनापछि रेल मन्त्रालयले मृतकका परिवारलाई जनही १.५ लाख रुपैयाँ, गम्भीर घाइतेलाई ५० हजार रुपैयाँ र सामान्य घाइतेलाई ५ हजार रुपैयाँ दिने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here