भोजपुरमा भूमि आयोगद्वारा काम सुरु

0
14

भोजपुर,

जिल्लामा सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय सञ्चालनमा आएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगका जिल्ला समिति अध्यक्ष देवीराम चौलागाईंले पदभार ग्रहण गरेसँगै कार्यालय सञ्चालनमा आएको हो ।

पदभार ग्रहणपश्चात् जिल्लाका सबै खाले भूमिसम्बन्धी समस्या समाधानका लागि सबै पक्षसँग समन्वय गरेर काम गर्ने अध्यक्ष चौलागाईंले बताउनुभयो । विगतमा भएका कामलाई निरन्तरता दिँदै सरकारले दिएको जिम्मेवारी पूरा गर्ने उहाँको भनाइ छ ।

“भोजपुरको भूमिसम्बन्धी समस्या समाधानका लागि यहाँ आयोगले गम्भीर ढङ्गले काम गर्नेछ”, अध्यक्ष चौलागार्इंले भन्नुभयो, “विगतमा यो आयोगले गरेका कामको अध्ययन गरेर त्यसको निरन्तरतासँगै थप कामलाई व्यवस्थित ढङ्गले अघि बढाउँछौँ ।”

पदभार ग्रहण तथा कार्यालय स्थापना कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालय, नागरिक समाजलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताले भूमिसम्बन्धी समस्या समाधानमा आयोग गम्भीर ढङ्गले लाग्नुपर्ने धारणा राख्नुभयो ।

सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदलले कामले पूर्णताः पाउन नसकेको उनीहरुको भनाइ छ । अब भने यो आयोग नै अन्तिम हुने गरी जिल्लाको भूमिसम्बन्धी समस्या समाधानमा काम गर्नुपर्ने सहभागीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here