कनकाईमा पालिका स्तरीय फुटबल हुँदै

0
56

सुरुङ्गा ।

झापाको कनकाई नगरपालिकामा पालिका स्तरीय फुटबल प्रतियोगिताको सातौ संस्करण आयोजना हुने भएको छ ।

झापाको सुरुङ्गास्थित कन्काई माध्यमिक विद्यालयको खेल मैदानमा जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिताको सातौ संस्करण आयोजना हुने निश्चित भएको सोमबार कनकाई खेलकुद प्रतिष्ठानको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष छबि थपलियाले जानकारी दिए ।

प्रतियोगिता कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा आगामी माघ २५ गते शुक्रबारबाट कन्काई माध्यमिक विद्यालयको खेल मैदानमा फागुन ७ गते सम्म हुने जनाइएको छ। प्रतियोगिताका लागि जिल्लाका १२ पालिकाको १२ टिम मात्रै सहभागी हुने निश्चित भएको खेल संयोजक भुवन खतिवडाले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न विभिन्न ५ उपसमिति गठन गरि तयारी तिब्र पारिएको अध्यक्ष थपलियाले बताए । हरेक वर्ष कनकाई खेलकुद प्रतिष्ठानले खेलकुदका विभिन्न गतिविधिहरू सहित सामाजिक क्षेत्रमा समेत सक्रियता देखाउँदै आएको संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेतीले बताए ।

आर्थिक व्यवस्थापन समितिको संयोजकमा प्रतिष्ठानका कोषाध्यक्ष डम्बरप्रसाद फुयाल , प्रचारप्रसार समितिको संयोजकमा सचिव रामप्रसाद निरौला, खेलमैदान तथा स्टेज व्यवस्थापन समितिको संयोजकमा राजेश अघोरी, अतिथि सत्कार व्यवस्थापन समितिको संयोजकमा गीता खरेल, सहजीकरण समितिको संयोजकमा ज्योतिकुमार उप्रेती रहेको बताइएको छ।
माघ २५ गते शुक्रबार दिउँसोको ठिक १ः३० बजेदेखि औपचारिक कार्यक्रम साथै २ बजेदेखि खेल सञ्चालन गर्ने गरी समयको व्यवस्थापन गरिएको र अहिले खेल मैदान तयारीलाई तिब्र पारिएको खेल संयोजक खतिवडाले जानकारी दिए ।

प्रतिष्ठानले प्रथम पुरस्कारका रुपमा १ लाख १५ हजार साथै दोस्रो पुरस्कार ६१ हजार नगद, प्रमाण पत्र र ट्रफीको व्यवस्थापन गरेको प्रतिष्ठानले जनाएको छ ।
मुख्य आर्थिक सहयोग कनकाई नगरपालिका रहेको प्रतियोगितामा खेल सम्पन्न गर्न करिब ५ लाख ९१ हजार ९ सय बढी खर्चको अनुमान गरिएको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा स्वदेश र विदेशमा रहेका खेलप्रेमी व्यक्तित्वहरू, उद्योगी व्यवसायी, विभिन्न सङ्घसंस्था साथै प्रतिष्ठानका सदस्यहरूबाट समेत आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको प्रतिष्ठानका सदस्य गोमा कार्कीले जानकारी दिइन् ।

झापा जिल्लाकै उच्च स्तरको प्रतियोगिताको रुपमा कनकाई कपलाई थप व्यवस्थित गर्दै यसलाई निरन्तरता दिँदै अघि बढ्ने योजना रहेको प्रतिष्ठानका सल्लाहकार राजेन्द्रप्रसाद उप्रेती (राजेश ) ले बताए । प्रतिष्ठानले जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता, कनकाई सन्थाल मेला, फुटबल कनकाई कप, वडास्तरीय खेलकुदका गतिविधिहरु गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा खेल प्रशिक्षक लिलु गिरीले प्रतियोगिताको बारेमा सुझावसहित सफलताको शुभकामना राखेको पत्रकार सम्मेलनको सञ्चालन सचिव रामप्रसाद निरौलाले गरेका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here