कमल ।
झापाको कमल गाउँपालिका १ स्थित नरेन्द्र जनता माध्यमिक विद्यालयले आज ५७ औं वार्षिक उत्सव , अक्षरारम्भ तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत, दाता बाट प्राप्त शैक्षिक सामाग्री वितरण र विद्यालयलाई सहयोग गर्ने दाता र विद्यालय व्यवस्थापन समितिलाई सम्मान गरिएको थियो ।
विद्यालयका कार्यरत शिक्षक हरु मध्ये उत्कृष्ट वर्ष शिक्षक बाट अम्बर बहादुर लावती पुरस्कृत हुनु भएको छ । त्यस्तै विद्यालयमा अध्ययनरत विद्यार्थीहरू मध्ये छात्र तर्फ उत्कृष्ट वर्ष विद्यार्थी २०८१ बाट कक्षा १२ मा अध्ययनरत छात्रा सलिना खड्का र छात्र तर्फ कक्षा ८ मा अध्ययनरत छात्र विशाल कार्की लाई नगद सहित, दोसल्ला र सम्मान पत्र द्वारा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई , शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपाने र विद्यालयका प्रधानाध्यापक बद्री कार्कीले पुरस्कृत गर्नु भएको थियो ।
त्यसैगरी विद्यालयमा अध्ययनरत ९० जना विध्याथी लागी १ लाख रुपैयाँ बराबरको स्टेसनरी सामान उपलब्ध गराउने दाता गणेश कार्की र २ लाख रुपैयाँ बराबरको १६ थान साइकल र वाद्यवादन उपलब्ध गराउने सुदीप र सुजन खड्काका अभिभावकलाई सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट वर्ष अभिभावक तर्फ सुदर्शन घिमिरे, सलिना मिस्त्री, संगिता राई र कुल प्रसाद अधिकारी लाई समेत सम्मान गरिएको थियो । भने कमल १ का वडा अध्यक्ष केदार कटुवालले आफू वडा अध्यक्षमा निर्वाचित भए देखि नै नियमित रुपमा प्रदान गर्दै आउनु भएको वडा अध्यक्ष छात्रवृत्ति यस वर्ष कक्षा १२ मा अध्ययनरत छात्रा अम्बिका पौडेललाई नगद ५ हजार प्रदान गर्नु भएको छ ।
तपाई हामीले सबैले मिलेर अगाडि बड्ने हो भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न धेरै समय लाग्दैन । पालिकाकै अत्यन्तै पिछडिएका अभिभावकका नानीहरू अध्ययन गर्ने यो विद्यालय पहिलेको भन्दा अहिले धेरै सुधार भएको छ । विद्यालयलाई यो अवस्था सम्म ल्याउनका लागी दिन रात लाग्नुहुने विद्यालयका प्रधानाध्यापक, शिक्षक वर्ग अव्यवस्थापन समिति विद्यार्थी लगायत स्थानीय व्यक्तित्वहरूलाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले धन्यवाद दिदैँ आगामी दिनमा विद्यालयको गुणस्तर अभिवृद्धि गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक बद्री कार्कीले विद्यालयको संक्षिप्त गतिविधि प्रस्तुत गर्दै हाल विद्यालयमा देखिएको समस्याका बारेमा जानकारी गराउनु भएको थियो । वहाँका अनुसार अहिले विद्यालयमा विद्यार्थीको सङ्ख्याका आधारमा कक्षा कोठा र फर्निचर समेत अपुग छ यस्तो अवस्थामा शैक्षिक गुणस्तर अभिविद्धी सकिदैन त्यसैले त्यसको व्यवस्थापन मिलाउनुका साथै विध्यालयले निर्माण गर्न लागेको सभाहलकालागी आवश्यक बजेट विनियोजन गरिदिन समेत गाउँपालिका अध्यक्ष समक्ष अनुरोध गनूृ भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुन्य रायको अध्यक्षतामा सम्पन्न कार्यक्रमा वडा नम्वर १ का वडा अध्यक्ष केदार कटुवाल, पुर्व व्यवस्थापन समितीका अध्यक्ष प्रेम बहादुर पोख्रेल लगायतले विद्यालयको वार्षिक उत्सव सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विभिन्न संगितिक कार्यक्रमका साथै आशाको दियो नामक लघु नाटक समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा शिक्षा समितीका सदस्य, पुर्व अध्यक्ष, टोल विकास सस्थाका अध्यक्ष, अभिभावक लगायको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लक्ष्मि प्रसाईले गर्नु भएको थियो ।