मोरङ।
झापा, मोरङ, सुनसरी र उदयपुरका बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी अमरहाट सुनसरीबाट खटिएको प्रहरी टोलिले धरान उप–महानगरपालिका–४ बाट बा ०२–०३५ प १५३४ नम्बरको स्कुटर चालक धनकुटा नगरपालिका–४ का २३ बर्षीय रोशन श्रेष्ठ र पछाडि सवार २४ बर्षीय निरज घिमिरेलाई १६ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।
यता झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले मोरङको परीशनिश्चरे नगरपालिका–६ का ३० बर्षीय इश्वर भुजेल र उनको श्रीमती ३८ बर्षीया शान्ती आङ्देम्बे भुजेललाई दुई ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यस्तै बिराटनगर–१५ बाट लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरको प्रहरी टोलिले सुनसरी इटहरी उप–महानगरपालिका–९ का २५ बर्षीय निशान चौधरीलाई तीन ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–४ का ३० बर्षीय सरोज कुमार सार्कीलाई एम्पुल १७ वटा, सिरिन्ज एक थानसहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।