झापा, बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित ‘व्यवसायी राहत कोष’का संयोजक राज कुमार घिमिरे ‘राजु’ ले ३१ हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् । आफ्नो जन्म दिनको अवसर पारेर संघका वरिष्ठ उपाध्यक्ष समेत रहेको घिमिरेले कोषमा सहयोग गरेका हुन् । श्रीमती मीनादेवी भट्टराई घिमिरे सहित संघको कार्यालयमा आएका संयोजक घिमिरेले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए ।
व्यवसायीलाई समस्या पर्दा तत्काल राहत उपलब्ध गराउने गरी संघले एक करोड रुपैँयाको अक्षयकोष स्थापना गरेको छ । सो कोषमा हालसम्म १० लाख रुपैयाँ माथि रकम संकलन भइरहेको छ ।
वरिष्ठ उपाध्यक्ष घिमिरेले कोष वृद्धिका लागि रकम उपलब्ध गराएसंगै बिर्तामोड उद्योग वाणिज्य संघले उनलाई कदरपत्र सहित सम्मान गरेको छ । जन्म दिनको शुभकामना र सुवेक्षा सहित घिमिरे दम्पत्तीलाई नै सु– स्वास्थ्य र दीर्घयूको कामना गरिएको थियो ।
यसैबीच उनले यस अघि बिर्तामोड ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका ३९ जना ज्येष्ठ नागरिकलाई भोजन गराएका थिए । त्यहाँ रहेको ज्येष्ठ नागरिकलाई भोजन सहित फलफूल बितरण गरेका उनले लगत्तै आफूहरुले स्थापना गरेको व्यवसायी राहत कोषका लागि समेत रकम प्रदान गरेका थिए ।
आश्रममा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनलले समेत उनको जन्म दिनका अवसरमा वृद्धाश्रम पुगेर सुवेक्षा सहितको शुभकामना दिएको थियो ।
लायन्स क्लव अफ अनारमनी र लीओ क्लव अफ अनारमनी उनको जन्म दिनको अवसरमा वृद्धाश्रममा रहेका वृद्ध वृद्धालाई सहयोग पु¥याएका थिए । लायन्स क्लव अफ अनारमनीका उपाध्यक्ष सुनिता पोखरेल सहितको टिम वृद्धाश्रम पुगेको थियो । उनी लायन्स क्लव अफ अनारमनीका पूर्व अध्यक्ष समेत हुन् ।
बिर्तामोडमा राजु सप्लायर्स (हार्डवेर व्यवसाय) सञ्चालन गरिरहेका घिमिरेले हरेक वर्ष आफ्नो जन्म दिन र पितृको स्मृतिमा विभिन्न आश्रममा पुगेर त्यहाँ रहेका वृद्धवृद्धा र असाहय वालवालिकालाई सहयोग उपलब्ध गराउँदै आएका छन् ।
यो वर्षपनि उनले परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खाद्यन्य सहति फलफूल उपलब्ध गराएका हुन् ।
२०५५ सालदेखि पाँचथरको रबि बजारबाट व्यवसाय शुरु गरेका राजुले पछिल्ला वर्ष झापाको बिर्तामोडलाई मुख्य कर्मथलो बनाएर व्यवसाय गरिरहेका छन् । अलैंची व्यववसायी महासंघका केन्द्रीय सदस्य, लायन्स क्लव अफ अनारमनीको सन् २०२२÷ २०२३ का अध्यक्ष बनेका उनी विभिन्न संघ संस्थामा रहेर नेतृत्वदाायी भूमिका निर्वााह गरेका छन् । लायन्स क्लव अफ अनारमनीको अध्यक्ष रहँदा उनले सामाजिक क्षेत्रमा काम गरेर विभिन्न अवार्ड समेत हात पारेका थिए । हाल उनी लायन्स क्लवको एमजीएफ (अन्तराष्ट्रिय अजीवन सदस्य) हुन् ।