बिराटनगर,
बिराटनगर महानगरपालीका ११ स्थित बसपार्कमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले “दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतना जागरण अभियान अन्तर्गत स्टिकर लोकापर्ण कार्यक्रमको शुभारम्भ गरेको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मोरङका जिल्लाका अध्यक्ष, उत्तम बन्जराको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रहरी प्रमुख अधिकारीले सवारी दुर्घटनाको त्रिबर्षिय तथ्याङ्क हेर्दा मानबिय कारणबाट धेरै सवारी दुर्घटना हुने गरेकाले दुर्घटना न्यूनीकरण गर्नका लागी घर -घरबाट सावारी दुर्घना न्यूनीकरण अभियान संचालन गरी सचेत हुन जरुरी रहेको बताए। साथै उनले यात्रुबहाक सवारी साधनहरुमा ट्राफिक नियम सम्बन्धी स्टिकर समेत टाँसेका थिए।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष कमल राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेशका अध्यक्ष गौरी लामा, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण चिमरिया,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाती, यातायात व्यवसायी, चालक लगायतको उपस्थिती रहेको थियो ।