कोशीमा अपराध अनुसन्धानको समिक्षा

0
34

बिराटनगर,

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयको समन्वय एवं सहकार्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित “एक दिवसिय प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी-२०८१ सम्पन्न भएको छ ।

नेपाल प्रहरीको बार्षिक कार्ययोजना अनुसार भएको समिक्षा गोष्ठीको प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिकरुपमा समुद्‌घाटन गरेका थिए।

अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, अनुसन्धानको विद्यमान अवस्थाको समिक्षा गरी सुधारका क्षेत्रहरूको पहिचान गर्नुका साथै नविन विचारहरूको अवलम्बन गरी अनुसन्धानमा देखिने कानूनी तथा अन्य समस्याको समाधानका उपायहरू अवलम्बन गर्ने, साईवर कसुर अनुसन्धान सम्बन्धी नविन कानूनको अवस्था र अभ्यासका बारेमा जानकारी गराईएको थियो।

कानुन कार्यान्वयनमा एकरूपता कायम गर्न, अनुसन्धानको प्रभावकारीता अभिवृद्धिका लागी अनुसन्धानकर्ताहरू बिच समन्वयको विकास र अपराध अनुसन्धानमा देखिएका समस्या र चुनौतीहरू सम्बोधन गर्नको लागि साझा धारणा विकास गर्ने, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयहरुको अनुसन्धानमा खटिने प्रहरी कर्मचारीहरुविच निरन्तर अन्तर्क्रिया, छलफल र समन्वय भएमा अपराध अनुसन्धान कार्यमा सहजता आउने र उत्पन्न समस्याहरु समाधान गर्न सहज बनाउने उद्देश्यका साथ प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठीको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीले समाजमा शान्ति सुरक्षा स्थापना गर्न तथा अपराध अनुसन्धान गर्ने कार्यमा नेपाल प्रहरी सवल एवं सक्षम रहेको वताउदै नेपाल प्रहरीलाई आगामी दिनमा श्रोत साधन सम्पन्न बनाई अपराध अनुसन्धान कार्यमा थप शसक्त वनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको जनाए । साथै उनले यस अपराध अनुसन्धान गोष्ठीले प्रहरीले गर्ने अपराध अनुसन्धानलाई सफल बनाउन कोशेढुंगा सावित हुने बताए।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतले नेपाल प्रहरी स्थापना काल देखिनै समाजमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रण गर्ने कार्यमा नेपालको कानून बमोजिम निष्पक्षरुपमा अनुसन्धान गर्दै आईरहेको र समाजमा शान्ति सुरक्षा कायम राख्न सवैको सहकार्य आवश्यक रहेको बताउदै अपराध अनुसन्धानको क्रममा देखिएका समस्यालाई उजागर गर्न र अपराध अनुसन्धान गर्ने तल्लो इकाईमा बास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिई समस्या समाधान गर्न गोष्ठीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।

अतिरिक्त महानिरीक्षक कडायतले अपराधका प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गईरहेको सन्दर्भमा अव प्रहरीले गर्ने अनुसन्धानलाई प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गरी कानुनी परिधि भित्र रही वैज्ञानिक, प्रमाणमुखी र पीडित मैत्री अनुसन्धान गर्न तथा प्रहरीले गर्ने अनुसन्धानलाई सफल बनाउन अनुसन्धान अधिकारीले प्रभावकारी भुमिका निर्वाह गर्न, आफ्नो जिम्मेवारीलाई पहिलो प्राथमिकताका साथ कार्यान्वयन गर्न, घटना स्थलको सुरक्षामा आम नागरिकको भुमिकाको वारेमा नागरिकहरुमा सचेतना अभिबृद्धि गर्न गोष्ठीमा उपस्थित जिल्ला प्रहरी प्रमुख लगायत अनुसन्धान अधिकृतहरुलाई निर्देशन दिएका थिए ।

गोष्ठीमा कार्यक्रमका विशिष्ट अतिथि मोरङ जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीले प्रहरीले गर्ने अनुसन्धानले नै न्याय सम्पादन हुने हुँदा अनुसन्धानलाई पारदर्शी, स्वच्छ र तथ्यपरक बनाउन प्रहरीले निष्पक्ष र प्रभावकारी भुमिका निर्वाह गर्नु पर्ने वताइन्। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले प्रहरीले गर्ने अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन भर्ना छनौट प्रकृया देखिनै बैज्ञानिक पद्दति अनुसार दक्ष प्रहरी जनशक्ति उत्पादन गरी प्रविधिको उच्चतम प्रयोग गरी अपराध अनुसन्धान गर्न आवश्यक रहेको बताए।

यसैगरी,नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पगेनीले कार्यक्रमको औचित्य सहितको स्वागत मन्तव्य राख्दै सम्पत्ति शुद्धीकरण अपराध संग सम्बन्धित कानूनी व्यवस्था, अपराध अनुसन्धान सम्बन्धी प्रकृया र अनुसन्धानमा देखिएका चुनौतीहरुको विषयमा प्रस्तुतिकरण गरेका थिए । यस्तै,कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीले समग्र प्रदेशको अपराधको अवस्था, अपराध अनुसन्धानमा प्रदेश प्रहरी कार्यालयको भुमिका र तालुक कार्यालयसँगको अपेक्षा सहितको प्रस्तुतिकरण गरेका थिए ।

यसैगरी, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले अपराध अनुसन्धानको वर्तमान अवस्था र भावि कार्ययोजनाहरुका विषयमा र जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता नवराज पराजुलीले अपराध अनुसन्धानको क्रममा हुने त्रुटीहरु, नविनतम् कानूनी प्रावधानहरुको प्रयोग र सुधारका क्षेत्रहरूका बारेमा आफ्नो भनाई राखेका थिए।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले अपराध विश्लेषण, अनुगमनबाट देखिएका विषयहरू र सुझावहरुको वारेमा तथा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले आ-आफ्नो जिल्लाको समग्र बस्तुस्थिति, अनुसन्धानमा गरिएका नविन प्रयोगहरु तथा अनुसन्धानमा देखिएका समस्या र चुनौतीका विषयमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here