योगेन्द्र योगी
बिराटनगर,
सुनसरीको हरिनगर गाउँपालिका-३ स्थितबाट लागूऔषध गाँजा ओसर पसारमा संलग्न सिटी सफारी सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको प्रहरी टोलीले हरीनगर-३ गौतमपुर स्थितमा प्रदेश १-०२-००४ ह १६४३ नम्वरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्ने क्रममा ४१ किलोग्राम गाँजा फेला पारेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।
उक्त गाँजा बरामद भए संगै सिटी र चालक इनरुवा नगरपालिका-७ का ३० बर्षीय अमिर मियाँलाई प्रहरीले पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका मियाँको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।
यसैगरी,मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा पथरीशनिश्चरे-१ का २७ वर्षीय प्रदिप बस्नेतलाई ४ ग्राम १८ मिलिग्राम र २९ वर्षीय गोपाल भारतीलाई १ ग्राम १३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यस्तै, झापाको इलाका प्रहरी कार्यालय कुमरखोदवाट खटिएको प्रहरी टोलीले झापा शिवसताक्षी-८ का २४ वर्षीय गोबिन्दहाङ लिम्बु र ३९ वर्षीय कैलाश रणपहेलीलाई ३ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
यसैगरी,प्रहरी चौकी गोलधापले चेकजाँचको क्रममा झापा हल्दीवारी गाउँपालिका-१ का २१ वर्षीय सबिन चौधरी र २१ वर्षीय रोहन चौधरीलाई प्रतिबन्धित औषधी ट्रामाडोल -२० ट्याव्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय बुधबारेले चेकजाँचको क्रममा मेचीनगर-१२ का २४ वर्षीय प्रितम मेचेलाई १ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको जनाएको छ।