लागूऔषध सहित चार जना पक्राउ

0
10

झापा ।

इलाका प्रहरी कार्यालय दमक झापाले लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका–५ मा कोठा भाडामा लिएर बस्दै आएका गौरादह नगरपालिका–४ का २४ बर्षीय अनुभव दर्नाल लगायत कारोबारमा संलग्न दमक–१ का २६ बर्षीय सुरज कुमाल, दमक–६ का २९ बर्षीय सुमन दर्जी र दमक–७ का ३४ बर्षीय बीरबहादुर पौडेललाई प्रतिबन्धित औषधि ट्रामाडोल ८०० क्याप्सुल, ८०० चक्कि ब्फेनारगन–३५, खैरो हिरोईन ५ सय ५० मिलिग्राम र नगद १० हजार ५ सय रुपैया समेत बरामद गरी सबैलाई नियन्त्रणमा लिएको हो ।

लागूऔषध सहित पक्राउ परेका सबै जनाको थप अनुसन्धान भई रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here