सामुहिक नृत्य प्रतियोगितामा निहारिका प्रथम

0
8

कमल ।

झापाको कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिका स्तरीय सामुहिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रवार सम्पन्न नृत्य प्रतियोगितामा कमल गाउँपालिका भित्र सञ्चालन रहेका विध्यालय मध्ये सामुदायिक ७ र संस्थागत ५ गरी जम्मा १२ वटा विद्यालय सहभागी रहेका थिए ।

कमल २ स्थित महेन्द्र रत्न माध्यमिक विध्यालयको सभाहलमा सम्पन्न प्रतियोगितामा सहभागी विद्यालय मध्ये कमल ३ स्थित निहारिका अंग्रेजी माध्यमिक विद्यालय प्रथम भएको छ । प्रतियोगितामा प्रथम भएसंगै निहारीकाले २० हजार रुपैयाका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

त्यसैगरी कमल ७ स्थित सिंहदेबी माध्यमिक विद्यालय द्वतिय भएको छ । द्वतिय भएसगै सिंहदेबीले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तैे कमल ५ स्थित मंगलमय माध्यमिक विद्यालय तृतिय भएको छ ।

मंगलमयले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै सान्त्वना कमल २ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालय र कमल ४ स्थित फोनिक्स अंग्रेजी माध्यमिक विद्यालय भएका छन् । सान्त्वना हुने दुबै विद्यालयले नगर ५ ÷ ५ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रापत गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले बताउनुभयो ।

कमल गाउँपालिकाका अध्यक्ष तथा हुकुमसिंह राईको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समितिका सदस्य, विध्यालय व्यवस्थापन समितिका अध्यक्ष , प्रधानाध्यापक लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक रविन गौतमले सञ्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here