विराटपोखरी क्षेत्रमा वृक्षरोपण

0
32

झापा।

बिर्तामोड नगरपालिका–३ को समन्वयमा विराटपोखरी क्षेत्रको हरियाली विस्तार तथा वातावरण संरक्षणका लागि वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत ४०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको छ।

कार्यक्रमको अध्यक्षता पोखरी व्यवस्थापन समितिका अध्यक्ष इन्द्र प्रसाईले गर्नुभएको थियो भने बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई प्रमुख अतिथि रहनुभएको थियो।

नगर प्रमुख प्रसाईले विराटपोखरी बिर्तामोड नगरको महत्वपूर्ण प्राकृतिक स्रोत भएको उल्लेख गर्दै यसको संरक्षण र व्यवस्थापनमा नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो। उहाँको भनाइमा, “वातावरणीय सन्तुलन कायम राख्न र नगरलाई हरियाली बनाउन यस्ता अभियान अत्यन्त उपयोगी छन्। पोखरी क्षेत्रको दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक योजनाहरू अगाडि बढाइनेछ।”

वृक्षारोपण कार्यक्रममा वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकी, सिद्धार्थ बैंक लिमिटेडका कोशी प्रदेश प्रमुख सुवास श्रेष्ठ, शाखा प्रमुख सुवास श्रेष्ठ, कर्जा प्रमुख सुरेस पाठक, वडा सदस्य हरिप्रसाद बास्कोटा, इलाका कार्यलय बिर्तामोडका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठ, ट्रफिक प्रमुख गणेश पौडेल, समाजसेवीहरु सुभास भट्टराई, देबराज कार्की, बद्री भट्टराई, अमिर लिग्देन, नवीनकिशोर बिमली, कोशिस घिमिरे, हिमल मैनाली, दिनेश अधिकारी, तुलसी ढकाल, रामेश्वर मण्डल, बिरेन कोइराला, सलबदुर गुरुङ, बसन्त ढकाल, नैनकाला ढकाल, कृतिका आचार्य लगायतको उपस्थिति रहेको थियो।

सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको सहकार्य गरेको हो। कार्यक्रममा बोल्दै प्रदेश प्रमुख सुवास श्रेष्ठले वातावरणीय संवेदनशीलता बढाउन बैंकले यस्ता अभियानहरूलाई निरन्तर समर्थन गर्दै आएको जानकारी दिनुभयो।

वृक्षारोपण अभियान अन्तर्गत सिता–राज जातका २००, धुपी १००, सुपारी ५० र अन्य जातका ५० गरी कुल ४०० बिरुवा रोपिएको आयोजकले जनाएका छन्। कार्यक्रमको सञ्चालन पोखरी व्यवस्थापन समितिका सचिव जगन्नाथ भट्टराईले गर्नुभएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here