सिटी सफारी चालकको दुर्घटना मृत्यु

0
26

झापा ।

झापाको मेचीनगरमा दुर्घटना परी सिटी सफारी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–११ बस्ने ३२ वर्षीय राज कडरिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान मेचीनगर–१० स्थित ढाड चोकको भित्री सडक खण्डमा महामति फर्निचर उद्योगबाट नागाडुव्वातर्फ जाँदै गरेको प्र १ –०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका चालक कडरियाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here