बिर्तामोड ।
स्वतन्त्र नागरिक समाजले अर्जुनधारा-११ स्थित नयाँ बसपार्क क्षेत्रको सरसफाईलाई निरन्तरता दिएको छ।
आफ्नो लागि ६ दिन देशको लागि एक दिन भन्ने उदघोषका साथ स्वतन्त्र नागरिक समाजद्वारा साप्ताहिकरुपमा शुरु भएको बृहत् श्रमदान अभियान अन्तर्गत बसपार्क भित्र रहेका अनावश्यक झारपात, बुट्यान तथा फोहोरमैला हटाएर सरसफाइ गर्दै स्वतन्त्र नागरिक समाजले श्रमदान तथा सरसफाई अभियानलाई निरन्तरता दिएको हो।
‘प्रकृति र संस्कृतिको संरक्षण गरौं, श्रमदानबाट देश बनाउने प्रण गरौं’ भन्ने नाराका शुरु गरिएको कार्यक्रममा स्वतन्त्र नागरिक समाजका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, स्वतन्त्र युवा नागरिक झापाका अध्यक्ष केशव भण्डारी, भारतीय गोर्खा भूतपूर्व सैनिक संघ, बिर्तामोडका उपाध्यक्ष लक्ष्मी राई, किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष भीममाया नेम्वाङ कन्दङ्वा, बसपार्क व्यवस्थापन समितिका पदाधिकारी, यातायात व्यवसायी, भारती गोर्खा भूतपूर्व सैनिक संघ, स्वतन्त्र नागरिक समाज, युवा नागरिक समाजका सदस्यहरुको उले्ख्य सहभागिता रहेको थियो।
स्वतन्त्र नागरिक समाज बिर्तामोडका संयोजक हिमालयप्रकाश कन्दङ्वाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति अभियानलाई अनुशरण गर्दै भष्टचार, वेतिथि र विसंगतिमुक्त स्वच्छ समाजको निर्माण गर्ने उद्देश्य अनुसार पाँचौंपटक श्रमदान तथा सरसफाई कार्यक्रम आयोजना गर्दै बृहत् श्रमदान अभियानलाई निरन्तरता दिइएको बताए।
श्रमदान तथा सरसफाईका खानेपानीलगायतको व्यवस्थापनमा दिपेन लिम्बू र दिपेन राईले सहयोग गरेका थिए। यसैबीच सरसफाईसँगै फूलका वृक्ष समेत रोपिएको छ। सरसफाईको कार्य नसकिएकाले आगमी साताको कार्यक्रम पनि नयाँ बसपार्क क्षेत्रमै सञ्चालन गरिने बताइएको छ।