साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई भोजपुर प्रतिभा पुरस्कार दिइने

0
78

काठमाडौँ,

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ साहित्यकार डा शैलेन्दुप्रकाश नेपाललाई समर्पण गर्नेभएको छ ।

शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कार दिने व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । भोजपुर जिल्लाको कटुन्जेमा २०१८ सालमा जन्मनुभएका उहाँले कविता, गीतिकाव्य, खण्डकाव्य, महाकाव्य, बालगीत, बालकथा, निबन्ध, समालोचना आदि विधामा विभिन्न कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुका साथै पाठ्यपुस्तक पनि लेख्नुभएको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभयो ।

लामो समयसम्म प्राध्यापन गरेर निवृत्त हुनुभएका उहाँले स्मृतिग्रन्थ र पत्रिकाहरूको सम्पादन पनि गर्नुभएको छ । निरन्तर वाङ्मय साधना गरिरहनुभएका उहाँ जस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको उहाँको भनाइ छ ।

पुरस्कार आगामी साउन महिनामा समर्पण गरिने जनाइएको छ । भोजपुर जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी कवि कृष्ण जोशीले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here