अन्धुवा खोलामा अस्थायी पुल

0
307

बिर्तामोड, असोज ७ । झापामा शिक्षा सेवीका रुपमा परिचित जयनारायण ढुङ्गाना सामाजिक एवम् विकास निर्माणका काममा पनि अग्रणी देखिएका छन् ।
कनकाई आर्यघाटमा सुविधा सम्पन्न मलामी विश्रामालय निर्माणपछि उनले बिर्तामोडस्थित अन्धुवा खोलामा पनि फलामको पुल निर्माण शुरु गरेका छन् । राजमार्ग दक्षिणतर्फ ४ फुट चौडाई भएको मोटरसाइकल समेत कुदाउन मिल्ने गरी उनले फलामे पुलको शुक्रवारबाट निर्माण कार्य शुरु गरेका हुन् । चार इञ्र्च मोटो तीन वटा विम र तीन ठाउँमा पिलर गाडेर पुल निर्माण गर्ने आफ्नो लक्ष्य रहेको ढुंगानाले बताए । पिलर गाडेको चार दिनभित्र पुल तयार हुन्छ उनले भने पुलको उद्घाटन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चलाउँदै आएको मोटरसाइकल कुदाएर गर्नेछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here