झापा, असोज ७ । । झापाको कनकाई नगरपालिका स्थित सुरुङ्गामा सञ्चालित प्रथम जिल्ला नगर स्तरिय फुटवल कनकाई रनिङ्ग कफ प्रतियोगितामा शजिअर्जुन नगरपालिकालाई ट्राइवेकरमा पराजित गर्दै आयोजक कनकाई नगरपालिकाले विजयी सुरुवात गरेका छ ।
शुक्रबार भएको उत्घाटन खेलमा शनिअर्जुन नगरपालिकालाई ट्राइविकरमा ५–४ गोल अन्तरले पछी पार्दै कनकाई विजयी वनेको हो । निधार्रित समयसम्म दुवै टिमवाट गोलहुन नसकेपछी खेल सोझै ट्राइवेकरमा पुगेको थियो । खेल अवधीभर दुवै टिमको दर्जनौ प्रहार खेर गएको थियो । कनकाई तर्फवाट सोनाम देवान, रोशन बस्नेत, प्रशान्त मगर, दिनेश राई र दिलिप राइको प्रहार गोलमा प्ररिणत भएको थियो भने शनिअजुर्नको तर्फवाट शुरेष तामाङ्ग, बाबु धिमाल, अजय राजवंशी र पुस्प मादेनको प्रहार गोलमा प्ररिणत हुँदा जीवन थापाको प्रहार कनकाईका गोलकिपर प्रनिष विमलीले बचाउ गरेका थिए । उक्त खेलको मेन अफ द म्याच पराजित टिमका पुस्प मादेन भएका थिए । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा कनकाई मा.वि.को खेल मैदानमा आयोजित प्रतियोगिताको उत्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले गरेका थिए । आगामी असोज १४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा झापाका ८ नगरपालिकाले सहभागिता जनाएका छन् । प्रतियोगिताको दोश्रो खेल शनिवार दमक नगरपालिका र भद्रपूर नगरपालिका विच हुने खेलका प्रचार संयोजक लीलाराजले झापाली बताए । प्रतियोगिताको प्रथम र दितिय हुने टिमले नगद १ लाख १ हजार १ सया ११ र ५१ हजार १ सय ११ नगद र रनिङ शिल्ड पाउने आयोजक समतिका संयोजक राजेन्द्र कुमार उप्रेतीले बताए । प्रतिस्ठानका अध्यक्ष ज्योतीकुमार उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला फुटवल संघका अध्यक्ष जलकुमार गुरुङ्ग, शनिअर्जुन नगरपालिकाका कार्यकारी अधिकृत रुद्र न्यौपाने, सुरुङ्गा खानेपानीका अध्यक्ष प्रेमप्रसाद दाहाल, जमुनावारी सामुदायीक वनका अध्यक्ष पर्शुराम गिरी, समाजसेवी नारायण पोखरेल लगायलको मन्तव्य रहेको कार्यक्रममा उपाध्यक्ष राजकुमार कट्टेलले स्वागत गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सदस्य विनोद उप्रेतीले गरेका थिए ।