नेकपा माओवादी सहित ५ दलको विरोध

0
356

भद्रपुर, असोज ७ । भद्रपुर नगरमा हुने गरेका विकास निर्माण लगायत अन्य गतिविधीमा केही राजनीतिदललाई हात लिई नगरपालिकाले आफुखुशी बजेट खर्चिदै आएको भन्दै नेकपा माओवादी सहित ५ दलले विरोध जनाएका छन् ।

भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले एमाले र काँग्रेसको संरक्षणमा नगरका जुनसुकै विकासे काम एकलौटी रुपमा गरेको प्रति आपत्ती जनाउदै यस्तो गतिविधि तत्काल रोक्न ५ दलले एक विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।

नगरपालिकाले आफ्नो बार्षिक निति तथा कार्यक्रम पुस्तिकामा भएका कार्यक्रम छाडेर नभएका गतिविधि गर्दै आएकोले त्यसको विरुद्ध नगरका सयन्त्रमा रहेका ५ दलले विरोध जनाएका हुन ।

नेकपा माओवादी केन्द्रका नगर सहइन्चार्ज लक्ष्मण जमर कट्टेल, संघिय समाजवादी फोरम नेपालका जिल्ला सदस्य निरकुमार राई, राष्ट्रिय जनमुत्ती पार्टीका जिल्ला सदस्य विष्णु कुमार राजवंशी, मधेशी जनाधिकार फोरम गणतान्त्रिकका नगर अध्यक्ष उपेन्द्र ठाकुर र नेपाल आदिवासी जनजाती महासंघका नगर अध्यक्ष सन्तोष राजवंशीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो ।

नगरपालिका कार्यालय भवन मर्मत सम्भार र महेन्द्र पार्क जिर्णद्धार निर्माण कार्यमा लाखौ रकम कार्यकारी अधिकृत घिमिरे आफुखुशी खर्च गर्दै आइरहेको छ । नेपाल सरकारको कर्मचारीले स्थानीय राजनितिक दलको सहकार्य सर सहमती विना करिब ८० लाख रकम निकासा गरी नगरबासीलाई भ्रममा पारेर काम गर्दै आइरहेकोले कार्यकारी अधिकृत घिमिरेले स्पस्टीकरण दिनुपर्ने केन्द्रका सहइन्चार्ज कट्टेलले बताए ।

नगरमा सुरु भएका विकास निर्माणलाई रोक्न लगाई आफुलाई मन लागेको काममात्र गर्ने गरेको हुदा अधिकृत घिमिरेको नियत फोहोर रहेको आदिवासीका नगर अध्यक्ष सन्तोष राजवंशीले बताए ।

ठुला दल नआएसम्म वैठक शुरु नगर्ने तर सानादलको कुनै मतलब नराखेको हुदा पक्षपात नगरी सवै दललाई समान दृष्टिले हेरिनु पर्ने समाजवादी फोरमका जिल्ला सदस्य राईले बताए ।

भद्रपुर नगरपालिकाको नया भवन निर्माण लागि छुटाइएको बजेटबाट ४० लाख भवन पुन निर्माणमा खर्चिएर नगरपालिकाले विद्युतीयटोकन सहितको द्धार एक सेवा अनेक प्राणलीको शुक्रवार उदघाटन गर्ने कार्यक्रम तय भएको थियो । सो कार्यक्रममा ५ दलले सहभागी नजाउने भनि विज्ञप्तिमै उल्लेख गरिएको थियो । यता नगरपालिकाले शुक्रवार पूर्ण खोप युक्त नगरपालिका घोषणा कार्यक्रम मात्र सम्पन्न गरी विद्युतीयटोकन सहितको द्धार एक सेवा अनेक प्रणालीको उदघाटन कार्यक्रम स्थगित गरिदिएको छ । ५ दलको विरोधकै कारण नगरपालिकाले अन्तिम क्षणमा आएर एउटा कार्यक्रम स्थगित गरिदिएको नगरपालिका स्रोेतले जनाएको छ । सो कार्यक्रममा संघिय मामिला तथा स्थानीय विकास मन्त्रलायका सचिव केदारबहादुर अधिकारी प्रमुख अतिथि भएर आउने कार्यक्रम पक्का पक्की भइसकेको थियो । तर नगरपालिका र ५ दलको विवादका कारण सचिव अधिकारी कार्यक्रमै आउन नमानेको बुझिएको छ ।

यता भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत घिमिरेले नगरबासीको सेवालाई मध्यनजर गरी कार्यालय भवन पुनः निर्माण गरेकोले यसको विरोध गर्नु कुनै औचित्य नभएको बताए । भवनका लागि आएको ४० लाख बजेट फ्रिज भएर जाने देखिएकोले स्थानीय निति तथा ऐन अनुसार सो रकम भवन मर्मत तर्फ ल्याएको उनले बताए । नगरमा गरिने सवैकाम नियमसंगत भएकोले विकासको काममा व्यत्तिगत रिसिवी ल्याउनु जायज नभएको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here