झापा, कात्तिक ११ । बन पैदावर चोरी मुद्दाका दुई फरार अभियुक्त आज पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शनिश्चरे –६ निवासी ४३ वर्षीय अकुल राजवंशी र सोही ठाउँ निवासी ४४ वर्षीय घुरन चौधरी रहेका छन् ।
उनीहरुलाई जिल्ला अदालत झापाले दुई महिना १८ दिन कैद र १२ हजार १ सय ३२ रुपैयाँ जरिवाना तोकेको थियो ।
पक्राउ परेका दुवैजना आज नै कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।