फरार अभियुक्त धमाधम पक्राउ

0
527

भद्रपुर, कात्तिक ११ । झापा अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गर्ने थालेका छन् ।
प्रहरी कार्यालय झापामा बर्खरै आउनु भएका एसपी शैलेस थापा क्षेत्री र डिएसपी हरिप्रसाद शर्माले फरार अभियुक्त पक्राउ अभियानलाई तिव्रता दिएका हुन । प्रहरीले चालु आर्थिक बर्षको कार्तिक १० गते सम्म ४५ जना फरार अभियुक्तलाई विभिन्न स्थानबाट पक्राउ गरी झापा जिल्ला अदालतमा पेश गरेको छ ।
अदालतले ४५ जना मध्ये कैद सजाय तोकिएका १४ जनालाई झापा कारागार चलान गरेको, भने ३१ जनालाई जरिवाना तिराएको छ । जसबाट ३७ लाख ३५ हजार ४९ रुपैया जरिवाना असुल उपर भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले बताउनु भयो । अदालतले पठाएको तथ्याकमा २०७२ चैत मसान्त सम्म अदालतबाट कैद तथा जरिवाना तोकिएका २ हजार ३० जना अभियुक्त फरार रहेको मध्ये अहिले अझै बढेको हुन सक्ने डिएसपी शर्माले बताउनु भयो । सोही तथ्याकको आधारमा प्रहरीले अभियानलाई तिव्रता दिएको उहाले बताउनु भयो । गत आर्थिक बर्ष ०७२।७३ मा प्रहरीले ५५ जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले १४ बर्षदेखि डाका घटना फरार रहेको भुटानी शरणार्थी पञ्चे सुब्बालाई पक्राउ गरेको छ । सुब्बालाई अदालतले ६ बर्ष कैद र १९ हजार पाच सय जरिवान तोकेका थिए ।
त्यस्तै डाका घटनाकै अर्का अभियुक्त धाइजन ३ बस्ने बालकुमार खत्री भन्ने बालकृष्णलाई पक्राउ गरेको छ । अदालतले खत्रीलाई ६ बर्ष कैद र ३१ लख १७ हजार ७ सय ६८ रुपैया जरिवाना तोकेका थिए । नागरिकता किर्ते गर्ने महाभारा ८ बस्ने भोगनारायण राजंवशीलाई ८ बर्ष कैद, जबरजस्ती करणी गर्ने शनिश्चरे ६ बस्ने मानबहादुर मगरलाई १२ बर्ष ५ महिना २ दिन कैद, सोही मुद्धाका सताक्षिधाम १ बस्ने भिमकुमार महतोलाई ८ बर्ष कैद अदालतले तोकेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here