भद्रपुर, कात्तिक ११ । जिल्ला प्रहरी कार्यालय झापाले झापाका विभिन्न स्थानबाट बरामद गरेको अन्दाजी २ लाख मुल्य बराबरको वारुदजन्य पटका आज नष्ट गरेको छ ।
नेपालमा प्रतिबन्धित ती मुल्य बराबरको पटकालाई आज पत्रकार सम्मेलन गर्दै प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको हो ।
तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट बारुदजन्य पटका नेपाल भित्रीरहेको विशेष सूचनाको आधारमा प्रहरीले पटका बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले बताउनु भयो ।
बरामद गरिएको पटकाहरुमा खोर्सानी, चकलेट, भिरभिरे, आलुबम, चक्र, रकेट, फुलझरी, अनार रहेको थियो ।
प्रहरीले भद्रपुर, पृथ्वीनगर, जलथल, पाठामारी, दमक, घेराबारी, गौरीगञ्ज, कुमरखोद, काकरभिटटा, विर्तामोड लगायतका क्षेत्रबाट पटका बरामद गरिएको डिएसपी शर्माले बताउनु भयो ।
उहाले सिमा क्षेत्रमा हुने अवैध चोरीतस्करी रोकथाममा प्रहरीले सक्रियता बढाएसगै पटका बरामदको अभियानलाई पनि तिव्रता दिएको बताउनु भयो । तिहार तथा छठ पर्वमा पटका बिक्रीवितरण गर्ने व्यापारी तथा पटका पडकाउनेलाई पक्राउ गरि कानुन बमोजिन कार्वाही गरिने उहाले बताउनु भयो ।