सुरुङ्गा, कार्तिक ११ । कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको ते¥हौं साधारणसभा सम्पन्न भएको छ ।
कोटीहोमस्थित प्रसाई ट्रष्टको सभाहलमा सम्पन्न साधारणसभा संस्थाका अध्यक्ष कोमलप्रसाद प्रसाईको अनुपस्थितिमा कार्यवाहक अध्यक्ष गंगाराम दाहालको अध्यक्षता एवम् संस्थाका पूर्व अध्यक्ष तथा अग्रज साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको नेतृत्वमा वृहत् धार्मिक अनुष्ठान विश्वकल्याण कोटीहवन महायज्ञ सम्पन्न भएपटि स्थापित यो क्षेत्रमा संस्थागत रुपमा २०४७ सालदेखि समिति गठन भई काम अघि बढेको थियो । हाल यो क्षेत्र झापाकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भएको छ ।
योगी नरहरिनाथप्रति श्रद्धासुमन अर्पण तथा कनकाई गायत्री विद्यापीठ कोटीहोमका विद्यार्थीद्वारा स्वस्तीवाचन गरी शुरु भएको सभामा कार्यवाहक अध्यक्ष दाहालले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष तोयानाथ अधिकारीले आर्थिक प्रतिवेदन तथा महासचिव श्यामकुमार पौडेलले द्विवर्षीय कार्यकालीन प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । सबै प्रतिवेदनलाई सुझावसहित सभाले पारित गरेको थियो । समाजसेवी व्यक्तित्वहरु गोविन्द पौडेल, किसनकुमार सोनी, लक्ष्मीदेवी कोइराला, भक्तबहादुर पौडेल, लक्ष्मीप्रसाद मैनाली, खेमराज कार्की, भीष्म मैनाली, हिम्मत नेम्बाङ्ग, कोमलप्रसाद पन्त, अनिल गोयल लगायतको आतिथ्य रहेको कार्यक्रममा प्रभाखर कडरिया, महाराज चरणदास, रुद्रप्रसाद चिमरिया, हिराकुमार थापा, तिलचन्द्र उप्रेती, सीता बस्नेत, मानता खरेल लगायतले मन्तव्य राखेका थिए । संस्थाका पर्यटन उपाध्यक्ष डिल्लीराम मैनालीको स्वागत मन्तव्य रहेको कार्यक्रममा धार्मिक उपाध्यक्ष नारायण पोखरेलले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव पौडेल र सचिव पुण्यप्रसाद ओझाले संयुक्त रुपमा गरेका थिए ।