फेसबुकमा चढ्दा मोबाइल

0
420

बिर्तामोड, कात्तिक ११। फेसबुकमा चढ्दा मोबाइल पाइइएला भन्ने तपाईंले कल्पना पनि गर्नु भएको छैन होला । तर, फेसबुक चढेकै भरमा एक व्यक्तिले बिहीबार १६ हजार रुपैयाँ पर्ने एकथान मोबाइल हात पारे ।
उनीसँगै अन्य तीन जनाले पनि फेसबुक चढेकै भरमा १२ हजार, आठ हजार र चार हजार पर्ने एक–एक थान मोबाइल सेट हात पारे । त्यस्तै पाँच जनाले सात सय रुपैयाँ पर्ने पाँच वटा भित्ते घडी हात पारे ।
चाडपर्वलाई लक्षित गर्दै मेची तथा कनकाई यातायात संघद्वारा सञ्चालित डिलक्समा यात्रा गर्ने यात्रुले ती उपहार हात पारेका हुन् । बिर्तामोड–ताप्लेजुङ, दमक–ताप्लेजुङ, धरान–ताप्लेजुङमा सञ्चालित फेसबुक डिलक्समा चढ्ने यात्रुले ती उपहार लक्की ड्र मार्फत हात पारेका हुन् ।
मेची तथा कनकाई यातायात संघद्वारा सञ्चालित डिलक्स फेसबुक नामक उपहार कार्यक्रममा यात्रा गर्ने पाँच हजार यात्रुमध्ये उनीहरुले बिहीबार ती उपहार हात पारेका हुन् ।
बिर्तामोडस्थित टेकबहादुर गिरी बसपार्कमा आयोजित कार्यक्रमकाबीच गरिएको उपहार सार्वजनिकीकरण कार्यक्रममा पहिलो पुरस्कार कुवीरमान लिम्बूले हात पारे, त्यस्तै दोस्रो पुरस्कार शान्तिराम पौडेल, तेस्रो टिका लिम्बूृ र चौथो पुरस्कार मनोज गिरीले हात पारेका छन् । त्यसैगरी पाँच वटा सान्त्वना पुरस्कार अनिल बराल, राजन, इन्द्रबहादुर, मनोज दाहाल र विष्णु थापाले हात पारेका छन् ।
पुरस्कार वितरण समारोहमा बोल्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी केशवकुमार थेवेले यात्रुलाई सुरक्षित गन्तव्यमा सही तरिकाले पु¥याउनु र यात्रुलाई रुझाएर यात्रा गर्नु आफैंमा चुनौतिपूर्ण काम रहेको र यसखाले उपहार कार्यक्रमले यात्रुको मनोबलसमेत उच्च हुने बताए ।
डिलक्स फेसबुक उपहार कार्यक्रमका संयोजक बल्लभ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम मेची यातायात संघका पूर्व अध्यक्ष खड्गप्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा मेची यातायात संघका सचिव धु्रव भट्टराई, कनकाई यातायात संघका टंक दवाडी, यातायात व्यवसायी देउमान लिवाङ, नविन रिजाल, हरि मैनाली लगायतले कार्यक्रमको बारेमा प्रशंसा व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन यातायात व्यवसायी तुलसी खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here