जबरजस्ती गरेको आरोपमा पक्राउ

0
445

विर्तामोड, कात्तिक १८। महोत्तरीको गौशाला नगरपालिका–२मा ४ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौशाला नगरपालिका–२ बस्ने १८ वर्षीय रमेश भुजेल रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।
मंगलबार गौशाला–२ मै छिमेकीको ४ वर्षीया नाबालिका घर नजिकै खेलिरहेको अवस्थामा युवक भुजेलले उनलाई त्यही छेउमा रहेको उखुबारीमा लगी जबरजस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक पोखरेलले बताए ।
पक्राउ गरिएका युवक भुजेललाई अहिले इलाका प्रहरी कार्यालय गौशालामा राखी उनीमाथि जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here