‘द विनर’ देशभर

0
1261

’द विनर’ फिल्म शुक्रबारदेखि देशभरका ६० भन्दा बढी हलमा रिलिज भएको छ ।
नयाँ कलाकारहरुको बाक्लो उपस्थिति रहेको ’द विनर’मा महेश श्रेष्ठ, मञ्चिन शाक्य, मलिना जोशी, अमित गिरी लगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।
डायमण्ड स्टार फिल्म्सको प्रस्तुति रहेको फिल्मको रिलिजअघि नै बिहीबार गरिएको प्रेस मिटमा निर्माताले ’द विनर’ को सिक्वेल बनाउने घोषणा समेत गरे । ‘द विनर २’ नाम राखेर तयार हुने चलचित्रको छायांकन विदेशमा हुनेछ । सिक्वेल भएकाले ‘द विनर’कै केही कलाकार दोहोरिने जानकारी पनि निर्माणपक्षले दिएको छ ।
एक्सन थ्रिलर ’द विनर’को छायांकन अष्ट्रेलिया, दुबई र नेपालका विभिन्न ठाउँहरुमा गरिएको थियो । हिक्मत विष्टको निर्देशनको यो फिल्मले सोलो रिलिजको मौका पाएकोले व्यापारमा यसले फाइदा उठाउने अपेक्षा गर्न सकिन्छ । ’द विनर’ जुनसुकै परिस्थितिमा पनि हार नमान्ने युवकको संघर्षको कथा हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here