झापा, मंसीर २४ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बिहीबार सुरु भएको पुरुष फुटबलतर्फको क्षेत्रीय छनौट प्रतियोगितामा झापा, सुनसरी र ओखलढुङ्गा विजयी भएका छन् ।
काँकरभिट्टा उमाविको खेल मैदानमा सुरु क्षेत्रीय छनौट प्रतियोगितामा भोजपुरलाई हराउँदै झापा विजयी बनेको हो । झापाले भोजपुरलाई २–० गोल अन्तरले पाखा लगाएको हो । झापाका तर्फबाट इन्द्रजङ लिम्बु र पुष्प मादेनले १–१ गोल गरेका थिए ।
त्यस्तै धनकुटालाई हराउँदै सुनसरी विजयी बनेको छ ।
टाइबेकरमा धनकुटालाई १–३ गोल अन्तरले पराजित गर्दै सुनसरी विजयी बनेको हो ।
बिहीबार नै सम्पन्न तेस्रो खेलमा खोटाङलाई ०–४ गोल अन्तरले ओखलढङ्गा विजयी बन्यो ।्
ओखलढुङ्गाका अमृत विकले २ , विनेस राई र राजु राईले १÷१ गोल गरेका थिए ।
क्षेत्रीय छनौट अन्तर्गत शुक्रबार इलाम र सोल’ख’म्ब’, ताप्लेज’ङ र सप्तरी, सङ’खवासभा र उदयप’र तथा सिरहा र मोरङबीच खेल ह’ने प”र्वाञ्चल क्षेत्रीय फ’टबल प्रतियोगिताका संयोजक ज्ञानेन्द्र बान्तवाले जानकारी दिए ।
२८ गतेसम्म सञ्चालन ह’ने प’रुष फ’टबल क्षेत्रीय छनौट प्रतियोगिताको उद्घाटन झापाका प्रम’ख जिल्ला अधिकारीले उत्तरक’मार खत्रीले गरेका थिए ।
प”र्वाञ्चल क्षेत्रीय खेलक’द विकास समितिको आयोजना तथा झापा जिल्ला खेलक’द विकास समितिको संयोजनामा सञ्चालित प्रतियोगिता उद्घाटन कार्यक्रममा क्षेत्रीय खेलक’द विकास समितिका अध्यक्ष रविन नगरकोटी, जिल्ला खेलक’द विकास समितिका अध्यक्ष शंकर थापा लगायतले बोलेका थिए ।
झापा खेलक’द विकास विकास समितिका कार्यालय प्रम’ख टहलदाश मैनालीको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा स्वागत उपाध्यक्ष भेषराज भण्डारी(प्रशान्त) ले गरेका थिए ।