झापाका पूर्व प्रहरी समाजसेवामा

३ बैशाख २०७६, मंगलवार मा प्रकाशित

सुरुङ्गा ।

सेवा निवृत्त जीवन बिताइरहेका पूर्व प्रहरीहरु झापा जिल्लामा सामाजिक काममा सक्रिय हुन थालेका छन् ।

सोमबार नेपाल पूर्व प्रहरी संगठन झापा जिल्ला कार्यसमितिको आयोजना र ओम साई पाथीभरा अस्पताल भद्रपु्र, भद्रपुर नगरपालिका, ए.बी. डेण्टल भद्रपुर तथा ज्येष्ठ नागरिक संघ भद्रपुरको सहयोगमा १ दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । उक्त शिबिरमा नाक, कान, आँखा र दाँत सम्बन्धी १ सय १३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको संगठनका उपाध्यक्ष वीरेन्द्र खरेलले जानकारी दिए ।

स्वास्थ्य परीक्षण गरिएका बिरामीलाई निश्चल फार्मेसी विर्तामोडले निःशुल्क औषधि वितरण गरेको थियो । सो स्वास्थ्य शिबिरको संयोजन नेपाल पूर्व प्रहरी संगठन झापाका सल्लाहकार संयोजक पूर्व प्रहरी नायब उपरीक्षक धनप्रसाद शिवाकोटीले गरेका थिए ।

शिवाकोटीले यस प्रकारको स्वास्थ्य शिबिर झापाका १५ वटै स्थानीय तहमा गरिने बताए । उनले त्यसपछि क्रमशः ज्येष्ठ नागरिक सम्मान, विपद व्यवस्थापन तालिम, ज्येष्ठ नागरिक स्वास्थ्य शिबिर, रक्तदान कार्यक्रम जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा गर्दै जाने जानकारी दिए ।

भद्रपुर–३ ज्ञानचौकस्थित नेपाल परिवार नियोजनको शाखा कार्यालय परिसरमा भएको उक्त स्वास्थ्य शिबिर भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठको प्रमुख आतिथ्य र संगठनका जिल्ला अध्यक्ष खेमराज कार्कीको सभापतित्वमा भएको थियो ।

ओम साई पाथीभरा अस्पताल भद्रपु्रका निर्देशक बालकुमार पोखरेल, बजार व्यवस्थापक रवि थापा, संगठनका केन्द्रीय उपाध्यक्ष खड्गबहादुर खडकाको विशेष आतिथ्य रहेको कार्यक्रममा उपाध्यक्ष देवी संग्रौलाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव अग्नि खडकाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here