बिर्तामोड ।
बिर्तामोड नगरपालिकाले नगरस्तरिय बजार अनुगमन समिति गठन गरेर बजार अनुगमन थालेको छ ।
हालैको निर्णय अनुसार नगर कार्यपालिका सदस्य भागिरथा घिमिरेको संयोजकत्वमा गठित बजार अनुगमन समितिले बिहीबारदेखि नियमित अनुगमन थालेको छ ।
बजार अनुगमनलाई नियमितरुपमा संचालन गरिने र कुनै पनि पसल नछाडी गरिने समितिकी संयोजक घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिनसम्म गरिएको अनुगमनकन क्रममा अत्यन्तै थोरै ब्यबसायी मात्र नगरमा दर्ता भएको पाइएको छ ।
८४ बटा ब्यबसायको अनुगमन गर्दा जम्मा १० बटाले मात्र नगरमा ब्यबसाय दर्ता प्रमाणपत्र लिएको भेटियो, अनुगमन समिति सदस्य तथा कार्यपालिका सदस्य द्रौपदी गणेशले बताउनुभयो ।
पहिलो पटकको अनुगनमका क्रममा ब्यबसाय दर्ता गर्न अनुरोध गर्दे पत्र दिने काम गरिएको र भोलिका दिनमा पनि अनुगमनका क्रममा दर्ता गरिएको नपाइएमा कारबाहीको दायरामा ल्याइने अनुगमन समिति सह संयोजक तथा कार्यपालिका सदस्य गीता घिमिरेले बताउनु भयो ।