नयाँ उज्यालोको स्थापना दिवस

0
494

बिर्तामोड।

नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाले आठौं स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले विगतका वर्षहरुमा विविध सामाजिक कार्य गरेर स्थापना दिवस मनाए पनि यस वर्ष सहकारी सम्बन्धी अन्तरक्रिया गरेर स्थापना दिवस मनाएको संस्थाकी अध्यक्ष सुष्मा भण्डारीले जानकारी दिइन् ।

संस्थाकी अध्यक्ष सुष्मा भण्डारीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य कल्पना आचार्यले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अधिकृत चन्द्रप्रसाद भट्टराई, आबद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नन्दमान भट्टराई, राष्ट्रिय सहकारी बैंककी प्रबन्धक मुना घिमिरे लगायतले सहकारी सम्बन्धी ऐन नियमावली लगायतका विषयबारे चर्चा गरेका थिए ।

उनीहरुले सहकारीमा शेयर सदस्यहरुको भूमिका महत्वपूर्ण हुने भएकाले शेयर सदस्यहरुलाई सहकारीको विकासमा लाग्न सुझाव दिएका थिए ।

संस्थाकी सदस्य लीला खड्काले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक खड्ग थापाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here