अलैंची व्यवसायीको माग पूरा गर्ने मन्त्रीको प्रतिबद्धता

0
672

बिर्तामोड।

नेपाल अलैंची व्यवसायी महासंघले नेपाल सरकार समक्ष अलैंचीको दोहोरो करको अन्त्य गर्नुपर्ने, अलैंचीको गोदाम घर निर्माणका लागि सहयोग गर्नुपर्ने, माटो परीक्षण केन्द्र र आधुनिक भट्टी निर्माण गर्न सहयोग गर्नुपर्ने, बंगलादेशसँगको व्यापार सहज बनाउनुपर्ने, भुटानमा उत्पादन भइरहेको तोत्दे जातको अलैंचीको खेती नेपालमा गर्न बिरुवा उत्पादनका लागि पहल गरिनुपर्ने लगायतका १५ बुँदे माग राखेको छ ।

नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीको नेतृत्वमा गएको टोलीले नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव समक्ष यस्तो माग राखेको हो ।

टोलीमा नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई, संस्थापक अध्यक्ष राजेन्द्रकुमार घिमिरे, सल्लाहकार पवनकुमार बिन्दल, कार्यालय सचिव अनिल ढुङ्गाना, गण्डकी प्रदेश अध्यक्ष अजय तामाङ लगायत रहेका थिए ।

नेपाल अलैंची व्यवसायी महासंघको टोलीले अलैंचीमा लाग्ने दोहोरो निकासी करका कारण अलैंची उत्पादक किसान तथा व्यवसायीहरूलाई ठूलो व्ययभार थपेकोले दोहोरो कर तत्काल अन्त्य गरिनुपर्ने, नेपाली अलैंचीको गुणस्तर कायम राख्न झापाको बिर्तामोडमा सूचना केन्द्रसहितको अन्तर्राष्ट्रिय मापदण्डको गोदाम घर निर्माण गरिनुपर्ने, नेपाल सरकारद्वारा स्थापना गरिएको अलंैची विकास केन्द्रलाई प्रत्येक प्रदेशमा मुख्य कार्यालयको रुपमा र प्रत्येक जिल्लामा सेवाकेन्द्रको रुपमा स्थापना गरिनुपर्ने माग गरेको छ ।

त्यस्तै सबै जिल्लाहरुमा माटो परीक्षण केन्द्रको स्थापना गरिनुपर्ने, अलैंचीको आधुनिक भट्टी निमार्ण गर्नुपर्ने, नेपाली उत्पादनको अलैंची प्रवद्र्धनका लागि स्वदेशमै वा अन्तर्राष्ट्रिय क्षेत्रमा हुने सेमीनार तथा व्यापारिक सम्मेलनमा स्टल राख्ने र यसको बिक्री तथा बजार प्रवद्र्धन गर्न प्रोत्साहन गर्नुपर्ने, भन्सारमा आधुनिक प्रविधियुक्त प्रयोगशालासहितको प्लान क्वारेन्टाइन चेकपोष्ट स्थापना गरी उक्त चेकपोष्टबाट चेकजाँच भएका वस्तुलाई अन्तर्राष्ट्रिय मापदण्ड प्रदान गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै भुटानमा उत्पादन भइरहेको तोत्दे जातको अलैंचीप्रति विश्व बजारमा आकर्षण बढेकोले नेपालमा समेत यसको खेती विस्तारका सम्भावनाको खोजीका लागि परीक्षण तथा पूर्वसम्भाव्यता अध्ययन अवलोकन गरी नेपालमा खेती विस्तार गरिनुपर्ने, नेपाल अलैंची व्यवसायी महासंघले निर्माण शुरु गरेको अलैंचीको भण्डारण स्थल बिर्तामोडको केन्द्रीय कार्यालय भवनलाई अलैंचीको सूचना तथा प्रदर्शनी केन्द्रको रुपमा स्थापना गरिनुपर्ने, नेपाली अलैंची भारततर्फ निकासी गर्दा भारतीय भन्सारले नेपाली बजारमा कायम रहेको अलैंचीको मूल्यभन्दा बढी रेट कायम गरेर अचैंलीको बिलीङमा समस्या उत्पन्न भएकोले अलैंचीको भन्सार रेटलाई समायोजन गर्न टोलीले माग गरेको छ ।

त्यस्तै नेपाल सरकार कृषि विकास मन्त्रालय कृषि वस्तु निर्यात प्रबद्र्धन कार्यक्रम हरिहर भवनबाट सञ्चालित ब्याज अनुदान कार्यक्रमलाई प्रदेश सरकारको मातहतबाट प्रत्यक्ष रुपमा अलैंची व्यवसायीहरुले पनि सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने, नेपाली अलैंचीको बंगलादेश सरकारबाट लिने भन्सार शुल्कलाई शून्यमा झारी व्यापारिक कारोबारको सूचीमा अलैंचीलाई सूचीकृत गरी व्यापारको वातावरण बनाउनुपर्ने माग गरेको छ ।

त्यस्तै नेपालको अलैंचीलाई एभरेष्ट बीग कार्डमम्का नाममा सामुहिक दर्ता चिन्ह (ट्रेडमार्क) अन्तर्राष्ट्रिय स्तरमा व्यापारका लागि नेपाल सरकारको उद्योग बिभागमा दर्ता गरेको र पाकिस्तान, भारत, दुबईमा पनि दर्ता प्रक्रिया अगाडि बढाएकोले अन्य अलैंचीका सम्भावित देशहरुमा समेत दर्ता प्रक्रियाको समन्वयनका लागि पहल गरिनुपर्ने माग गरेको छ । त्यस्तै टोलीले झापाको बिर्तामोडमा कम्तीमा २५ हजार मेट्रिकटन भण्डारण क्षमता थेग्ने अलैंची शीतभण्डारणको निर्माण गरिनुपर्ने र यो भण्डारण कक्षमा राखिएको अलैंचीलाई उसको परिमाण हेरी शुलभ दरको कर्जा प्रवाह गर्ने र राम्रो मूल्य आएपछि तिरेर सरकारी कर्जा भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने माग गरेको छ ।

त्यस्तै नेपालमा अलैंचीको खेती तथा व्यवसाय प्रबद्र्धनका लागि काम गर्ने सरकारी, गैरसरकारी, निजी क्षेत्र, प्राइभेट फर्म सहकारी विभिन्न समूहहरुलाई स्थानीय तहसँग समन्वय गरेर एकद्वार प्रणाली लागू गर्नुपर्ने, अलैंचीको उत्पादनदेखि निर्यातसम्मका सबै समस्याहरुलाई सम्बोधन गर्ने अलैंचीको राष्टिूय नीति निर्माण गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै नेपाल अलैंची व्यवसायी महासंघको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङ, कृषिमन्त्री लेखबहादुर थापा समक्ष १५ बुँदे माग राखेको नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले जानकारी दिए ।

उक्त मागहरु सुनिसकेपछि नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले झापाको बिर्तामोडमा सुचना केन्द्रसहितको अन्तर्राष्ट्रिय मापदण्डको गोदाम घर निर्माण गर्न बजेट छुट्याउने, एक सय वटा अलैंचीको आधुनिक भट्टी निमार्ण गरी वितरण गर्ने, भुटानमा उत्पादन भइरहेको तोत्दे जातको अलैंचीकोे नेपालमा समेते खेती विस्तारका सम्भावनाको खोजीका लागि प्राविधिकसहितको टोली पठाउने आश्वासन दिएको नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले जानकारी दिए । त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले, गण्डकी प्रदेशमा अलैंचीको आधुनिक भट्टी निर्माण गरी वितरण गर्ने आश्वासन दिएका थिए ।

यसअघि नेपाल अलैंची व्यवसायी महासंघको टोलीले प्रदेश न.ं १का मुख्यमन्त्री शेरधन राईसमक्ष १५ बुँदे माग राखेको र मुख्यमन्त्री राईले अलैंची व्यवसायीले राखेको मागहरु सम्बोधन गर्र्नेे आश्वासन दिएको नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले जानकारी दिए ।

त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका प्रमुख सचेतक सांसद बालकृष्ण खाँड र नेपाली कांग्रेसकी राष्ट्रिय सभाकी प्रमुख सचेतक सरिता प्रसाई समक्ष अलैंचीको उत्पादन र बजारका समस्याको बिषयमा १५ बुँदे माग राखेको र उक्त माग दुबै सदनमा उठाइदिन आग्रह गरेको नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले जानकारी दिए । भेटघाटको सहजीकरण नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सांसद योगेश भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here