बैकिङ कसुर मुद्दामा तीन पक्राउ

१९ असार २०७६, बिहीबार मा प्रकाशित

झापा ।

बैकिङ कसुर मुद्दामा तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कृषि विकास बैक, रत्नपार्क शाखाका तत्कालिन अधिकृत छविलाल ढकाल तथा एमएसएकेवाईपीजेभी ठेकेदार कम्पनीका प्रतिनिधि रणधिर तुम्बा र देवजंग शाही छन् ।

कृषि विकास बैकको छाप, दस्तखत तथा लेटर प्याडको दुरुपयोग गरेर २०७३ साल असार ३ गते ५५ लाख ५० हजार रुपैयाँको किर्ते अग्रिम भुक्तानी जमानत एपीसी बनाएको अभियोग उनीहरुमाथि छ ।

भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सडक स्तरोनन्तिको करीब १३ करोड रुपैयाँमा ठेक्का सम्झौता हुँदा ढकालको मिलेमतोमा तुम्बा र शाहीले नक्कली जमानत पेश गरी ठेक्का लिएको दाबी गदै प्रहरीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

ठेकेदार कम्पनीले पटक पटक गरी साविकको जिल्ला प्राविधिक कार्यालय भोजपुरबाट १ करोड १० लाख ८० हजार रुपैयाँ भुक्तानी लिइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सो ठेक्काको म्याद २०७५ असार १६ सम्म रहेकोमा निर्माणकार्य हाल स्थगित गरेको रेडियो कान्तिपुरले जनाएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here