पहिरोले मेची राजमार्ग अवरुद्ध, खुल्न आज दिनभर लाग्ने

२ श्रावण २०७६, बिहीबार मा प्रकाशित

इलाम।

मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि बिहिबार बिहानैबाट राजमार्ग अवरुद्ध भएको छ ।

फाल्गुनन्द गाउँपालिका–३ को पाँग्रेभिरमा वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताए ।

सडक माथिबाट ठूलो पहिरो झरेपछि यातायात आवतजावतमा अवरुद्ध भएको उनले जानकारी दिए । अहिले पहिरो पन्छाउने काम भइरहेको र पहिरो पन्छाउन बेलुका सम्ममा राजमार्ग सुचारु गर्ने हिसाबले काम भइरहेको बताइएको छ ।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र झापाबाट पाँचथर तर्फ गएका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here