शिवसताक्षी ।
झापाको शिवसताक्षी नगरपालिका भित्र प्रधान कार्यलय र नगरलाई मात्र कार्यक्षेत्र बनाएर बित्तिय कारोवार गरिरहेका सहकारी संस्थाहरुको व्यवस्थापकहरुको एक भेलाले म्यानेजर्स क्लव गठन गरेको छ ।
विहीबार नगरको दुधे स्थित खुद्रा बचत तथा ऋण सहकारी संस्थामा भएको व्यवस्थापकहरुको भेलाले धरमपुर वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विनोद ढकाल क्लवको अध्यक्षमा निर्विरोध चयन भए । नगरका बिभिन्न प्रकृतीका ३६ वटा सहकारी संस्थाका कर्मचारीको हक, हित र अधिकारका बारेमा वकालत गर्ने नव गठित क्लवले जनाएको छ ।
शिवसताक्षी नगरमा सवै भन्दा धेरै १६ वटा वचत तथा ऋण सहकारी संस्था छन । २० वटा सहकारी अन्य प्रकृतिका छन । नगर वाहिर प्रधान कार्यलय र अन्य क्षेत्रलाई पनि कार्यक्षेत्र वनाएर शिवसताक्षी नगरमा आर्थीक कारोवार गर्ने सहकारी संस्था १६ वटा रहेको खुद्रा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण बजगाईले जानकारी दिए ।
सहकारीका व्यवस्थापक संगठित भएको जिल्लाका १५ वटै स्थानिय तहमा शिवसताक्षी नगरपालिका पहिलो हो । गठित क्लवले सरकारीका कर्मचारीको हितमा निति, नियम र कार्यविधि बनाएर बैधानिक ढँगले दर्तागरी काम गर्ने मेनेजरर्स क्लवका अध्यक्ष ढकालले जानकारी दिए ।
क्लवको सचिवमा आदर्श वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रकाश चन्द्र पोख्रेल चयन भएका छन । यस्तै सदस्यहरुमा लोकेन्द्रराज लुईटेल, यामकुमार गौतम, भिमबहादुर लक्सम (लिम्वु), रवि चन्द्र राई र सुजन राई चयन भएका छन ।






























