सोमबार बकरिद पर्व

२६ श्रावण २०७६, आईतवार मा प्रकाशित

विराटनगर ।

इस्लाम धर्मावलम्बीको महान चाड बकरिद (ईदुजोहा) सोमबार मनाइने भएको छ । बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।

रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई कुर्बानी ९बलि० दिने गर्दछन् ।

बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ । भोलि सोमबार यो पर्व मनाउनका लागि मुसलमानले सबै किसिमका तयारी गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here