अन्तत: चर्को विवाद रहेको नेकपाको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलले पाए


३१ श्रावण २०७६, शुक्रबार ०९:३१ मा प्रकासित
काठमाडौँ,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले सबैभन्दा चर्को विवाद रहेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ । यसमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि दाबी थियो।

Advertisement

पुर्वएमालेले पोखरेल र पूर्वमाओवादीले श्रेष्ठको नाममा अडान लिएपछि स्कुल विभाग प्रतिष्ठाको विषय बनेको थियो । त्यस्तै विदेश विभागको इन्जार्चमा माधव नेपाललाई चयन गरेको छ । त्यस्तै यो विभागको सहइन्चार्जमा राम कार्की चयन भएका छन्।

यसमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि दाबी थियो। पुर्वएमालेले पोखरेल र पूर्वमाओवादीले श्रेष्ठको नाममा अडान लिएपछि स्कुल विभाग प्रतिष्ठाको विषय बनेको थियो ।

त्यसैगरी नीति अनुसन्धान विभाग त्व झलनाथ खनाल, संगठन विभागको जिम्मेवारी वामादेव गौतम तथा अर्थ तथा योजना विभागको जिम्मेवारी सरेन्द्र पाण्डेले पाएका छन् । भिन्न ३३ विभाग मध्य १९ विभागमा पूर्वएमालेका नेताहरू चयन भएका छन्।

१४ वटामा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मा पाएका छन्। त्यसैगरी नेकपाले सातै प्रदेशमा थप २ जना सह सहइन्चार्ज तोक्ने पनि निर्णय गरेको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्