उद्यमशिल महिला संघको तीज विशेष कार्यक्रम सम्पन्न

0
519

अर्जुनधारा।

हरितालिका तिजको अवसरमा नेपाल उद्यमशिल महिला संघ अर्जुनधारा नगर समितिको आयोजनामा सोमबार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

समितिकी अध्यक्ष सरु बुढाथोकीको अध्यक्षता र अर्जुनधारा–८का वडाध्यक्ष गोपीचन्द्र गौतमको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष देवीमाया पोखरेलले व्यक्त गरेकी थिइन् ।

सोही कार्यक्रमको सन्दर्भमा संघले स्थानीय महिला उद्यमी मीनाकुमारी सार्कीलाई दोसल्ला ओढाई सम्मानित गरेको थियो । त्यसैगरी कार्यक्रमका सहभागीहरुले तीज विशेष गीत तथा नृत्यसँगै संगिनी प्रस्तुत गरेका थिए ।

त्यस्तै कार्यक्रमका सहभागी व्रतालुहरुको लागि संघले सर्वत पानीको व्यवस्थापन गरेको थियो । कार्यक्रममा संघका सल्लाहकारहरु चर्तुभूज काफ्ले, दिपीन राई र देवकला प्रसाईं, अग्रज महिला समाजसेवीहरु कुसुम राई, मिश्राकुमारी राई र ज्ञानकुमारी थापालगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन समितिकी सदस्य गीता अधिकारीले सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here